पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जना महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका विरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएको थियो ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो । गण्डकीमा देखिएका संक्रमितमा कोभिड–१९ पुष्टि भएको निर्देशनलयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: