किएभ । फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोट रूस विरुद्धको लडाइँमा युक्रेनलाई समर्थन गर्ने उद्देश्यले दुई दिने भ्रमणका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ । ब्यारोँले युक्रेनी समकक्षी एन्ड्री सिबिगा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नव-मनोनीत प्रधानमन्त्री युलिया स्विरिडेन्कोलाई भेट्ने अपेक्षा गरिएको छ ।
“फ्रान्स र युरोपेली सङ्घले रूसविरुद्ध अपनाएको प्रतिबन्धको सन्दर्भमा मन्त्रीले युक्रेनका लागि फ्रान्सको समर्थनको समीक्षा गर्ने कार्यक्रम तय भएको फ्रान्सेली विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । युरोपेली सङ्घले शुक्रबार युक्रेन युद्धलाई लिएर रूसमाथि नयाँ प्रतिबन्ध जारी गरेको छ । यसको परिणामस्वरुप विश्वमा निर्यात हुने रूसी तेलको मूल्यलाई बजार मूल्यभन्दा १५ प्रतिशतले कम गरेको जनाइएको छ ।
“रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधार र युरोपेली महादेशको सुरक्षालाई खतरामा पार्दै नियमित आक्रमणहरू गरिरहँदा युक्रेन भ्रमणमा रहनु भएका मन्त्रीले चेर्नोबिल आणविक उर्जा संयन्त्रकासमेत भ्रमण गर्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ । फ्रान्सले फेब्रुअरीमा रूसी ड्रोनले प्रहार गरेको युक्रेनको चेर्नोबिल आणविक संयन्त्रमा विकिरण नियन्त्रण गर्न मद्दत गर्न योगदान पुर्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: