Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

खबरडबली संवाददाता

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।

टिजरले चलचित्रको कथा पारिवारिक सम्बन्ध, घरभित्रको कलह र देउरानी–जेठानीबीचको टकराव वरिपरि घुम्ने संकेत गरेको छ। सुरुवातमै मध्यरातमा हिउँवाला गौतम घर छाडेर हिँडेको दृश्य देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनको खोजीमा निस्किएको दृश्यले कथामा आउने तनाव र रहस्यलाई थप रोचक बनाएको छ।

‘झिँगेदाउ २’ ले पहिलो भागकै पारिवारिक परिवेशलाई निरन्तरता दिएको टिजरबाट देखिन्छ। तर यसपटक कथामा केही नयाँ मोड र रहस्य थपिएको संकेत पनि गरिएको छ।

विशेषगरी आर्यन सिग्देलको फरक लुक्सले टिजरमा दर्शकको ध्यान तानेको छ। उनी शरीरमा साङ्लो बेरिएको अवस्थामा देखिएका छन्। उनको चरित्र र कथामा रहेको भूमिकाबारे टिजरले धेरै कुरा नखुलाए पनि यही दृश्यले चलचित्रप्रति कौतुहलता बढाएको छ।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन्। महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइका रूपमा देखिएका छन्। पारिवारिक सम्बन्धभित्रको द्वन्द्व, भावनात्मक उतारचढाव र रहस्यमय घटनालाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजा चलचित्रका निर्माता हुन्।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको निर्माण व्यवस्थापन ईश्वर घिमिरेले गरेका छन्। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।

टिजर सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले चलचित्रको टिजरको प्रशंसा गरेका थिए। पूर्ण रूपमा पारिवारिक कथावस्तुलाई केन्द्रमा राखेर तयार गरिएको टिजरले दर्शकमा चलचित्रप्रतिको उत्सुकता बढाउने निर्माण पक्षको विश्वास छ।

यसअघि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ ले दर्शकमाझ राम्रो प्रभाव पार्दै व्यावसायिक सफलता हासिल गरेको थियो। सोही चलचित्रको सिक्वेलका रूपमा निर्माण गरिएको ‘झिँगेदाउ २’ ले पनि पहिलो भागको सफलतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending