Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चीन र इयुका नेताहरूले बिहीबार बेइजिङमा शिखर सम्मेलन गर्ने

खबरडबली संवाददाता

बेइजिङ । व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन र युरोपेली सङ्घ (इयु) का शीर्ष नेताहरूले यस साता बेइजिङमा शिखर सम्मेलन गर्ने भएका छन् । बेइजिङ र ब्रसेल्सले आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सव मनाउन तयारी गरिरहेका छन्, तर राज्य अनुदान, बजारमा पहुँच र युद्धकालीन प्रतिबन्धहरूमाथि भएको झगडाले वार्षिकोत्सवलाई कमजोर बनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बिहीबार भ्रमण गर्ने पुष्टि गरेका छन् । बुधबार जापानमा छुट्टै बैठकको समापनपछि कोस्टा र भोन डेर लेयनले बेइजिङमा हुने इयु-चीन शिखर सम्मेलनमा भाग लिने इयुले शुक्रबार बताएपछि यो बयान आएको हो ।

कोस्टा र भोन डेर लेयनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । सीसँग उहाँहरूले इयु-चीन सम्बन्ध र युक्रेनमा रुसको युद्धलगायत वर्तमान भू-राजनीतिक चुनौतीहरूबारे छलफल गर्नुहुने इयुको विज्ञप्तिमा उल्लेख छ । ब्लकका अनुसार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग उनिहरूले सम्बन्धको व्यापारिक र आर्थिक पक्षहरूलाई विस्तृत रूपमा समेट्नुहुनेछ ।

“यो शिखर सम्मेलन चीनसँग उच्च स्तरमा संलग्न हुने र हामी दुवैका लागि महत्त्वपूर्ण मुद्दाहरूमा स्पष्ट, रचनात्मक छलफल गर्ने अवसर हो”, कोस्टाले भने, “हामी संवाद, वास्तविक संलग्नता र ठोस प्रगति चाहन्छौँ । हामी दुवै पक्षका लागि निष्पक्ष, सन्तुलित सम्बन्धको लक्ष्य राख्छौँ ।” व्यापारिक तनावले बैठकको तयारीमा छाया पारेको छ । ब्लुमबर्ग न्युजले यस महिना चीनले मूलतः दुई दिने शिखर सम्मेलनको एक भाग रद्द गर्ने रिपोर्ट गरेको छ ।

दुवै पक्षले निष्पक्ष व्यापारको सिद्धान्तको उल्लङ्घनका रूपमा देखेका कुराहरूका लागि एकअर्काको आलोचना गरेका छन् । भोन डेर लेयनले यस महिना इयुले बेइजिङसँगको आफ्नो व्यापक व्यापार घाटालाई सम्बोधन गर्न खोजेको बताए । 

यो व्यापार घाटा गत वर्ष तीन खर्ब ५७ अर्ब डलर थियो । उनले ब्रसेल्सले पनि चीनसँग युरोपेली कम्पनीहरूका लागि बजार पहुँच सजिलो बनाउन र रणनीतिक रूपमा महत्वपूर्ण दुर्लभ खनिज तत्वहरूमा निर्यात नियन्त्रणहरू खुकुलो बनाउन माग गर्ने बताए । आफ्नो तर्फबाट बेइजिङले इयुले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र ‘मतभेद र घर्षणहरूलाई उचित रूपमा सम्हाल्नुपर्छ’ भनेको छ ।

अनुदान, शुल्क, युक्रेन युद्ध

तनावलाई बढाउँदै इयुको डाटा गोपनीयता प्रहरीमा सहयोग गर्ने एक आइरिस नियामकले यस महिना उसले चीनमा सर्भरहरूमा युरोपेली प्रयोगकर्ताहरूको व्यक्तिगत डाटाको भण्डारण गरेको कथित आरोपमा टिकटक विरुद्ध अनुसन्धान सुरु गरेको बताएको छ । डाटा संरक्षण आयोगले पहिले नै टिकटकलाई मे महिनामा चीनमा व्यक्तिगत डाटा पठाएका कारण ५३ करोड युरो (६२ करोड डलर) जरिवाना गरिसकेको छ । टिकटकको मूल कम्पनी बाइटडान्स चिनियाँ कम्पनी हो । 

टिकटकले जरिवानामा अपिल गर्ने योजना रहेको बताएको छ र बेइजिङले चिनियाँ फर्महरूलाई प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा ‘अवैध रूपमा’ सङ्कलन र भण्डारण गर्न आग्रह गरेको कुरा अस्वीकार गरेको छ । बेइजिङको औद्योगिक अनुदानले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचित रूपमा कम गरिरहेको भन्दै इयुले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरूमा पनि भारी भन्सार शुल्क लगाएको छ ।

बेइजिङले त्यो दाबीलाई पनि अस्वीकार गरेको छ र आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र डेरी उत्पादनहरूमा व्यापक रूपमा प्रतिशोधात्मक जाँचका रूपमा हेरिएको घोषणा गरेको छ । यसैबिच युक्रेनको युद्ध अर्को विवादको विषय भएको छ । इयुले चीनले रुसको आक्रमणलाई मौन समर्थन गरिरहेको धारणा बनाएको छ । इयुको उक्त आरोपलाई बेइजिङले अस्वीकार गरेको छ ।

गत हप्ता ब्रसेल्सले रुसको तेल राजस्व, बैंकिङ क्षेत्र र सैन्य क्षमताहरूलाई अवरुद्ध लक्ष्य राखेको नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको थियो । यसमा केही चिनियाँ कम्पनी र वित्तीय संस्थानहरू पनि समावेश थिए । बेइजिङको वाणिज्य मन्त्रालयले सोमबार यस कदमको कडा आलोचना गर्दै भन्यो, “यसले चीन-इयु आर्थिक र व्यापारिक सम्बन्धहरूमा गम्भीर नकारात्मक प्रभाव पारेको छ ।” रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending