काठमाडाैं । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा मंगलबार बिहान ८ बजे आयोजित ब्रिफिङमा प्रमुख सल्लाहकारका विशेष सहायक डा. सैयदुर रहमानले अपडेट गरिएको मृतकको तथ्यांक पुष्टि गरेका हुन् । उनका अनुसार हालसम्म २० जनाको शव परिवारलाई बुझाइएको छ।
जलेका बालबालिकाका लागि प्रार्थना गर्दै डाक्टर सैयदुरले अस्पतालमा भीडभाड नगर्न आग्रह गरेका छन् । ‘हामीसँग पर्याप्त रक्तदाताहरू छन्, यद्यपि केही नकारात्मक रक्त समूहहरू आवश्यक हुन सक्छ,’ उनले भने ।
अन्तर सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) का अनुसार एफटी–७बीजीआई लडाकु विमान सोमबार दिउँसो १ः०६ बजे कुर्मिटोला एयरबेसबाट उडेको केही मिनेटपछि दिउँसो १ः१८ बजे मेकानिकल खराबीका कारण दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: