काठमाडाैं । मलेरिया एक पुरानो र गम्भीर रोग हो, जसले हरेक वर्ष लाखौं मानिसहरूलाई असर गर्छ। विशेषगरी वर्षायाममा लामखुट्टेको संख्या बढेपछि यो रोग थप फैलिन थाल्छ ।
तर अब भारतले मलेरिया विरुद्धको ठूलो जित हासिल गरेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले देशको पहिलो स्वदेशी मलेरिया खोप तयार गरेको छ, जसलाई AdFalciVax नाम दिइएको छ। यो खोपले विशेष गरी प्लाज्मोडियम फाल्सीपेरम भनिने मलेरियालाई असर गर्छ, जुन सबैभन्दा घातक मलेरिया संक्रमण मध्ये एक मानिन्छ ।
AdFalciVax एक खोप हो, जसले मलेरियाको संक्रमणलाई शरीरमा प्रवेश गर्नु अघि नै रोक्छ। यसबाहेक यो खोपले कसैलाई मलेरिया भएमा भाइरस वा परजीवी शरीरबाट बाहिर निस्किएर अरू कसैमा नफर्कोस् भन्ने कुराको पनि ख्याल राख्छ।
यसको मतलब यसले शरीरलाई मात्र सुरक्षित गर्दैन तर मलेरियाको प्रसारणलाई पनि रोक्छ। यो यस्तो तरिकाले डिजाइन गरिएको छ कि यसले शरीरमा एक प्रकारको प्रतिरोधात्मक क्षमता सिर्जना गर्दछ, जसले मलेरियालाई फेरि शरीरमा प्रवेश गर्न दिँदैन।
यो पूर्णतया भारतमा बनेको छ अर्थात् यो ‘मेक इन इन्डिया’ कार्यक्रममा एक हिस्सा हो। यसको मतलब अब भारतले मलेरियाको खोपका लागि विदेशमा निर्भर रहने छैन र आफ्नो देशमा ठूलो परिमाणमा यसको उपलब्धता सुनिश्चित गर्न सक्षम हुनेछ।
AdFalciVax खोपले भारतमा मलेरियाको रोकथाम र उन्मूलनमा सहयोगी साबित हुने अपेक्षा गरिएको छ। यदि यो ठूलो मात्रामा सफल भयो भने यसलाई विश्व स्तरमा पनि भारतको महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि मानिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हाल यो भ्याक्सिनको प्रि–क्लिनिकल स्टेजको परीक्षण सकिएको छ र सकारात्मक नतिजा आएको छ। अब यसलाई मानिसमा परीक्षणको लागि क्लिनिकल चरणमा लैजाँदैछ। यो चरण करिब दुई वर्षसम्म रहनेछ। यदि यसमा पनि सफलता मिल्यो भने यो खोप देशभरबाट मलेरिया उन्मूलन गर्ने महत्वपूर्ण हतियार बन्न सक्छ ।(आइसीएमआर) र अन्य स्वास्थ्य संस्थाहरूले यसमा निरन्तर काम गरिरहेका छन् ताकि यसलाई जतिसक्दो चाँडो जनतामा पुर्याउन सकियोस्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: