Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

पानी नपरेपछि किसानलाई रोपो जोगाउने चिन्ता

खबरडबली संवाददाता

पर्सा । अकासे पानी नपरेपछि पर्साका दक्षिणी भेगका किसानलाई भर्खरै रोपेको धानबाली जोगाउने चिन्ताले सताएको छ । पर्सासहित मधेस प्रदेशका अधिकाशं जिल्लामा पर्याप्त मात्रामा पानी नपरेपछि भर्खरै रोपेको धानखेतमा अहिले धाँजा फाट्न थालेको छ ।

पर्साका किसानले गण्डक नहर, स्यालो ट्युबवेल, पप्पसेट, डिपबोरिङलगायतका सहायताले जेनतेन धान रोपाइँ गरे पनि अहिले रोपिएका धानलाई जोगाउन निकै सकस परिरहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्सामा ८० प्रतिशत धान रोपाइँ भए पनि पानी अभावका कारण खेतमा धाँजा फाट्न थालेको जानकारी दिए ।

प्रमुख ठाकुरले भने, “पर्सामा ३९ हजार ७३१ हेक्टरको ८० प्रतिशत अर्थात् ३१ हजार ७८४ हेक्टरमा धान रोपाइँ भइसकेको छ । तर बाँकी रहेको २० प्रतिशत रोपाइँ भने अकासे पानीकै भरमा रोप्नुपर्ने बाध्यता छ । पानी नपर्दा विशेषगरी २० देखि २५ प्रतिशत धान रोपाइँ भइसकेको ठाउँमा पानीको चर्को अभाव भइरहेको गुनासो आइराखेको छ ।”

कृषि ज्ञान केन्द्रले मात्र गत आर्थिक वर्षमा सिँचाइका लागि साना–ठूला गरेर पाँच सय ५० वटा स्यालो ट्युबवेल सञ्चालनमा ल्याएको बताए । “केही समय अकासे पानी नपरेको खण्डमा यहाँ कलिलो धानको बिरुवालाई जोगाउन पनि समस्या हुने देखिन्छ”, उनले भने ।  पर्सामा सिँचाइका लागि मुख्य आधारका रूपमा गण्डक नहर रहेको छ । तर सो नहरमा पनि अपेक्षाकृत पानी नहुँदा किसानले समस्या झेल्दै आइरहेका छन् ।

छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसारको आठ सय ५० क्युसेक क्षमताको पानी उपलब्ध नगराउँदा पनि पर्सा, बारा र रौतहटमा धान रोपाइँ प्रभावित भएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भारतले अहिले दैनिक औसतमा पाँच सय ५० क्युसेक पानीमात्र उपलब्ध गराउँदै आइरहेको बताए । “हामीले सम्झौताअनुसार पाउने आठ सय ५० क्युसेक पानी उपलब्ध गराउनका लागि पर्सासँगै जोडिएको सीमावर्तीमा रहेको भारतीय पक्षलाई चारपटक पत्राचार गरिसक्यौँ । तर अहिलेसम्म पनि विभिन्न बाहनाबाजी गरेर सम्झौताअनुसारको पानी उपलब्ध हुनसकेको छैन”, उनले भने, “सम्झौताअनुसार पानी पर्याप्त गर्न नसकेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सो समस्याका बारेमा परराष्ट्र मन्त्रालय हुँदै भारतको सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने कार्य पनि भइरहेको छ ।”   

नारायणी सिँचाइ व्यस्थापन कार्यालय मातहत २९ वटा ट्युबवेलमध्ये दुईवटा मात्र सञ्चालनमा छन् ।  सो मातहत रहेका चारवटा ट्युबवेल पूर्ण रूपमा निष्क्रिय छन्भने २३ वटा ट्युबवेल आवश्यक मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सकिने भएकाले बजेटको आवश्यकता रहेको कार्यालयले जनाएको छ । 

प्रमुख पटेलले पर्याप्त पानी नहुँदा पर्सा, बारा र रौतहटमा अपेक्षाकृत रोपाइँ हुन नसकेको बताए । “पर्सामा आइतबारदेखि मङ्गलबारसम्म रोपाइँका लागि पानी छुट्याउने गरिन्छ, बारा र रौतहटका लागि भने बुधबारदेखि शनिबारसम्म उपलब्ध गराउने गरिन्छ । तर पर्साका किसानले बारा र रौतहटका किसानको पालोको पानी पनि लगाइदिने समस्या पनि कायमै छ”, पटेलले भने ।

नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो । 

सो सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहटको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि भारतीय पक्षले नेपालका लागि आठ सय ५० क्युसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।

गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकीटोला हुँदै पर्सामा पानी भित्रिने गर्छ । यो नहर नेपालतर्फ ८१ किलोमिटर लम्बाइ रहेको छ । यो नहरको नौवटा डिष्ट्रिव्युटरी र ८७ वटा संरचनाअन्तर्गत पर्सा, बारा र रौतहतमा सिँचाइ गर्ने गरिन्छ । प्रमुख पटेलले सम्झौताअनुसार तीन जिल्लाको ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भएता पनि अहिलेसम्म भने २८ हजार हेक्टर क्षेत्रफलमा मात्र सिञ्चित हुँदै आएको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending