काठमाडौं। नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ।
वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो।
यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए।
उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अभियानमा छौं। हाम्रो संगठन दुई महिना देशैभर श्रम तथा उत्पादनमा होमिएको छ। यसैक्रममा भक्तपुरको मनोहराको बस्ती जोगाउने अभियानमा जुटि रहेका छौ। बस्तीमा जुन वर्ष पनि बाढी छिर्ने भएको हुनाले यहाँ स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने छौ र सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने प्रयासमा छौं।’
सोही क्रममा माओवादीका सांसद राजन दाहालले ‘श्रम र उत्पादनसँग वाइसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भइरहेको भन्दै यो अभियान अन्तरगत अहिलेसम्म १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेको बताए।
उनले भने, ‘वाइसीएल नेपालको नयाँ निर्वाचित टिम आएसकेपछि जनतासँग जोडिने, विशेष गरेर ‘श्रम र उत्पादनसँग वाईसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भएको छ। आजको दिनसम्म देशव्यापी रुपमा यो अभियान अन्तरगत १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेका छन् र यसै अन्तरगत यो मनोहरा बस्ती संरक्षण गर्ने भनेर आजको कार्यक्रम आयोजना गरेको हो।’
यो काममा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाइसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा, शक्ति बहादुर बस्नेत लगायत सहभागी छन्।




यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: