Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

वाइसीएलले सुरु गर्‍यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ।

वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो।

यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए।

उनले भने,  ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अभियानमा छौं। हाम्रो संगठन दुई महिना देशैभर श्रम तथा उत्पादनमा होमिएको छ। यसैक्रममा भक्तपुरको मनोहराको बस्ती जोगाउने अभियानमा जुटि रहेका छौ। बस्तीमा जुन वर्ष पनि बाढी छिर्ने भएको हुनाले यहाँ स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने छौ र सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने प्रयासमा छौं।’

सोही क्रममा माओवादीका सांसद राजन दाहालले ‘श्रम र उत्पादनसँग वाइसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भइरहेको भन्दै यो अभियान अन्तरगत अहिलेसम्म १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेको बताए।

उनले भने, ‘वाइसीएल नेपालको नयाँ निर्वाचित टिम आएसकेपछि जनतासँग जोडिने, विशेष गरेर ‘श्रम र उत्पादनसँग वाईसीएल’ भन्ने शिर्षकमा दुइ महिने अभियान सञ्चालन भएको छ। आजको दिनसम्म देशव्यापी रुपमा यो अभियान अन्तरगत १२ सयभन्दा बढि कार्यक्रमहरु भइसकेका छन् र यसै अन्तरगत यो मनोहरा बस्ती संरक्षण गर्ने भनेर आजको कार्यक्रम आयोजना गरेको हो।’

यो काममा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाइसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा, शक्ति बहादुर बस्नेत लगायत सहभागी छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending