Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कञ्चनपुरमा परपुरुषसँग मिलेर श्रीमानको हत्या

खबरडबली संवाददाता

कञ्चनपुर । गत वैशाख १७ गते बिहान कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला परेका रामरेशर रानाको हत्या गरिएको खुलेको छ । लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय राना वैशाख १७ गते बिहान ६ बजे मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला परेको थिए। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमती माया चौधरीले परपुरुष सँगको मिलेमतोमा रानाको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

घटनालगत्तै मृतकका आफन्तले उहाँका श्रीमतीसहित बेलौरी नगरपालिका ४ का पुन्ना राना र छिमेकी मानमती विरुद्ध किटानी जाहेरी दिएका थिए । अनुसन्धानका लागी तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जनाएको छ । अनुसन्धानका क्रममा मृतकका श्रीमतीले पुन्ना राना र मानमती चौधरीसँग मिलेर वैशाख १६ गते मध्य राति १२ बजेट रामरेशरको हत्या गरेको स्वीकार गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार पुन्ना राना ट्याक्टर चालक हुन् । २०८१ मा मृतकका श्रीमती र रानाबिच भेट भएको थियो । बयानका क्रममा उनीहरूबिच फोन नम्बर साटासाट भएपछि भेटघाट भइरहन्थ्यो । मृतक राना रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको थिए। 

वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतिको घर हुँदै मायाको घरमा पुगे थिए। मायाले सोही दिन राति श्रीमान् घरमा नभएको फोनबाट बताएपछि पुन्ना मायाको घरमा पुगेको बयानका क्रममा बुझिएको प्रहरीले जनाएको छ । तर पुन्ना पुग्नेको केही समयमै रामरेशर पनि घरमा पुगेको थिए । सोही राती घरमा परपुरुषलाई बोलाएको विषयमा विवाद भएको अनुसन्धानबाट खुल्नमा आएको प्रहरीले जनाएको छ । 

राना भारतबाट घर आएको दुई सातामै श्रीमतीसँग विवाद हुँदा १६ गते राती तीनै जना मिलेर बाँसको चिर्पटले टाउकोमा प्रहार गरी रानाको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक खत्रीले बताए। 

हत्या अभियोगमा पक्राउ परेका राना मृतकको घरमा आउजाउ गरिरहने अनुसन्धानबाट खुल्नमा आएको एसपी खत्रीले बताए। हत्यापछि तीनै जना मिलेर १७ गते बिहानै शवलाई सडक छेउमा फालेको बयानका क्रममा स्वीकार गरेको एसपी खत्रीले बताए। 

घटना लगत्तै मृतकका आफन्तले तीनै जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई असार ५ गते नियन्त्रणमा लिएको जनाएको छ । असार २० गते अनुसन्धान सहित जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पठाइएको प्रहरी उपरीक्षक खत्रीले बताए । 

असार २६ गते कञ्चनपुर जिल्ला अदालतले पुन्ना रानालाई पुर्पक्षका लागी कारागार चलान गरेको थियो भने माया चौधरी र मानमती चौधरीबाट १ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसक्दा तीनै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खत्रीले बताए । मृतक रानाका एक छोरा र दुई छोरी छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE