Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भने ६६७ मा सीमित रहेको छ । अझै २ हजार ५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी आयोगलाई गराएका छन् ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न, कानुनले तोकेको खर्च सीमाको पालना गराउन तथा प्रभावकारी निगरानीका लागि छुट्टै बैंक खाता खोल्न अनिवार्य गरिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निर्वाचनसम्बन्धी सम्पूर्ण कारोबार सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।

ऐनअनुसार ‘निर्वाचन प्रचारप्रसार बैंक खाता कार्यविधि, २०८२’ जारी भइसकेको छ । उक्त कार्यविधि निर्वाचन आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएपछि दल र उम्मेदवारहरूले छुट्टै बैंक खाता खोल्न थालेका हुन् । कार्यविधिअनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि लिएको आर्थिक सहयोग र गरेको खर्च सोही खातामार्फत गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार केही उम्मेदवारले राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल बैंकमा खाता खोलेका छन् ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि तोकिएको छ । सुगम र दुर्गम जिल्लाअनुसार खर्च सीमा फरक–फरक निर्धारण गरिएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्र (क्षेत्र नं। १, ३, ६, ७ र ८)का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । त्यस्तै, देशभरका १७ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख, ६५ क्षेत्रका उम्मेदवारले २९ लाख, ५२ क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

खर्च सीमा निर्धारण गर्दा सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका मतदाता संख्या, मतदान केन्द्र संख्या तथा क्षेत्रफललाई आधार मानिएको छ । क्षेत्रफलले २० प्रतिशत भार वहन गर्छ ।

उम्मेदवारले तोकिएको सीमाभित्र रही खर्च गर्नुपर्नेछ । साथै, प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।

समानुपातिकतर्फ भने सम्बन्धित दलले बन्दसूचीमा कायम राखेका उम्मेदवार संख्याका आधारमा खर्च सीमा निर्धारण गरिएको छ । सो व्यवस्था अनुसार प्रत्येक उम्मेदवारले अधिकतम दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending