Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमै रहने

खबरडबली संवाददाता

रुकुम पूर्व । लामो समयको विवादपछि रूकुमपूर्वको सदरमुकामको टुंगो लागेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले रुकुम पूर्वको स्थायी जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमै रहने निर्णय गरेको हो ।

यो निर्णयसँगै जिल्ला बनेदेखि जारी सदरमुकाम स्थानको विवादको दीर्घकालीन समाधान भएको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले जानकारी दिए ।

विसं २०१८ मा तत्कालीन सरकारले देशभर ३६ जिल्लालाई विस्तार गरी ७५ बनाउँदा जाजरकोट र सल्यानका केही भूभाग मिलाएर रुकुम जिल्ला निर्माण भएको थियो। त्यसपछिको एक दशक (२०१९–२०२९) रुकुमकोट नै सदरमुकाम थियो। तर २०३० वैशाखमा सदरमुकाम हालको रुकुम पश्चिमको मुसिकोट सारियो।

२०७२ असोज ३ गतेको संविधानले रुकुमलाई पूर्व–पश्चिम गरी दुई जिल्लामा विभाजन गरेपछि रुकुम पूर्वका लागि नयाँ सदरमुकाम तोक्ने आवश्यकता देखियो। सोही संविधान जारी भएको १६ दिनपछि असोज १९ मा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले रुकुमकोटमै जिल्ला प्रशासन, प्रहरी, अनुसन्धान, र समन्वय समितिको कार्यालय उद्घाटन गरे। ‘४४ वर्षपछि सदरमुकाम फर्कियो’ भन्ने उत्सवमय मनोदशा बने पनि त्यो धेरै समय टिक्न सकेन।

२०७४ माघ १५ गते कार्यवाहक प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले सदरमुकामलाई रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित गोलखाडा सार्ने निर्णय गर्‍यो।

सर्वोच्चको आदेश, जनप्रतिरोध र विवाद

सरकारको उक्त निर्णयविरुद्ध अभिवक्ता गणेश हमाल, कृष्ण रेग्मी (हाल सिस्ने गाउँपालिका अध्यक्ष), र दत्तबहादुर बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गरे।

२०७४ माघ १७ गते दायर रिटमा भोलिपल्टै सर्वोच्चले अन्तरिम आदेश दिँदै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्यो। त्यसयता सदरमुकाम विवादले रुकुम पूर्व तनावग्रस्त रह्यो।

गोलखाडा पक्षधर र रुकुमकोट पक्षधरबीच चरणवद्ध आन्दोलन भए। रुकुमकोटमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न प्रशासनले कर्फ्यूसम्म लगाउनुपरेको थियो।

संवैधानिक इजलासको परमादेश

२०८० भदौ १७ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलासले गोलखाडालाई सदरमुकाम बनाउने निर्णय बदर गर्दै सरकारका नाममा परमादेश जारी गर्‍यो।

परमादेशमा भनिएको थियो “सदरमुकाम तोक्दा पर्याप्त आधार र मापदण्ड बनाइ पुनः निर्णय गर्नुपर्छ।”

त्यसपछि पनि रुकुमकोटको विकल्पबारे बहस जारी रह्यो। गोलखाडा पक्षधरले विकल्प खोजिनुपर्ने माग राखिरहेकै अवस्थामा सर्वोच्च अदालतले रुकुमकोटमा निर्माण भइरहेको एकीकृत सरकारी भवनको कार्य रोक्न आदेश दियो। यसले सरकारी पूर्वाधार निर्माणमा अवरोध ल्यायो।

सर्वोच्च अदालतको आदेश र मापदण्डको सन्दर्भलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर रुकुम पूर्वको स्थायी सदरमुकाम रुकुमकोट नै कायम गर्ने निर्णय गरेको हो।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै लेखेका छन्, “निरन्तर अविराम, शालिन र शिष्ट शैलीमार्फत हामीले न्याय पाएका छौँ।”

रुकुम पूर्वको सदरमुकाम स्थानको विवाद अन्ततः सुल्झिएको छ। यो निर्णयले अब जिल्लाको समग्र विकास, सरकारी सेवा पहुँच, पूर्वाधार निर्माण र स्थानीय स्थायित्वमा नयाँ गति दिने अपेक्षा गरिएपनि माओवादीका प्रदेश सांसद सुरल पुनले विरोध गर्दै यो निर्णयविरूद कानुनी उपचारमा जाने जनाएका छन् ।

बैशाख ६ मा अध्यक्ष पुष्पकमल दाहाल यहाँ आउदा रूकुमकोट राजधानी हुने घोषणा गरेपछि विवादमा परेका थिए । रूकुमकोट घोषणा गरेको दुई घन्टापछि उनले त्यो भनाइ फिर्ता लिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...

म्याग्दीमा श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी  । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

गुल्मी । गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–९ रिडी खर्ज्या...

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending