रुकुम पूर्व । लामो समयको विवादपछि रूकुमपूर्वको सदरमुकामको टुंगो लागेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले रुकुम पूर्वको स्थायी जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमै रहने निर्णय गरेको हो ।
यो निर्णयसँगै जिल्ला बनेदेखि जारी सदरमुकाम स्थानको विवादको दीर्घकालीन समाधान भएको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले जानकारी दिए ।
विसं २०१८ मा तत्कालीन सरकारले देशभर ३६ जिल्लालाई विस्तार गरी ७५ बनाउँदा जाजरकोट र सल्यानका केही भूभाग मिलाएर रुकुम जिल्ला निर्माण भएको थियो। त्यसपछिको एक दशक (२०१९–२०२९) रुकुमकोट नै सदरमुकाम थियो। तर २०३० वैशाखमा सदरमुकाम हालको रुकुम पश्चिमको मुसिकोट सारियो।
२०७२ असोज ३ गतेको संविधानले रुकुमलाई पूर्व–पश्चिम गरी दुई जिल्लामा विभाजन गरेपछि रुकुम पूर्वका लागि नयाँ सदरमुकाम तोक्ने आवश्यकता देखियो। सोही संविधान जारी भएको १६ दिनपछि असोज १९ मा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले रुकुमकोटमै जिल्ला प्रशासन, प्रहरी, अनुसन्धान, र समन्वय समितिको कार्यालय उद्घाटन गरे। ‘४४ वर्षपछि सदरमुकाम फर्कियो’ भन्ने उत्सवमय मनोदशा बने पनि त्यो धेरै समय टिक्न सकेन।
२०७४ माघ १५ गते कार्यवाहक प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले सदरमुकामलाई रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित गोलखाडा सार्ने निर्णय गर्यो।
सर्वोच्चको आदेश, जनप्रतिरोध र विवाद
सरकारको उक्त निर्णयविरुद्ध अभिवक्ता गणेश हमाल, कृष्ण रेग्मी (हाल सिस्ने गाउँपालिका अध्यक्ष), र दत्तबहादुर बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गरे।
२०७४ माघ १७ गते दायर रिटमा भोलिपल्टै सर्वोच्चले अन्तरिम आदेश दिँदै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्यो। त्यसयता सदरमुकाम विवादले रुकुम पूर्व तनावग्रस्त रह्यो।
गोलखाडा पक्षधर र रुकुमकोट पक्षधरबीच चरणवद्ध आन्दोलन भए। रुकुमकोटमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न प्रशासनले कर्फ्यूसम्म लगाउनुपरेको थियो।
संवैधानिक इजलासको परमादेश
२०८० भदौ १७ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलासले गोलखाडालाई सदरमुकाम बनाउने निर्णय बदर गर्दै सरकारका नाममा परमादेश जारी गर्यो।
परमादेशमा भनिएको थियो “सदरमुकाम तोक्दा पर्याप्त आधार र मापदण्ड बनाइ पुनः निर्णय गर्नुपर्छ।”
त्यसपछि पनि रुकुमकोटको विकल्पबारे बहस जारी रह्यो। गोलखाडा पक्षधरले विकल्प खोजिनुपर्ने माग राखिरहेकै अवस्थामा सर्वोच्च अदालतले रुकुमकोटमा निर्माण भइरहेको एकीकृत सरकारी भवनको कार्य रोक्न आदेश दियो। यसले सरकारी पूर्वाधार निर्माणमा अवरोध ल्यायो।
सर्वोच्च अदालतको आदेश र मापदण्डको सन्दर्भलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर रुकुम पूर्वको स्थायी सदरमुकाम रुकुमकोट नै कायम गर्ने निर्णय गरेको हो।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै लेखेका छन्, “निरन्तर अविराम, शालिन र शिष्ट शैलीमार्फत हामीले न्याय पाएका छौँ।”
रुकुम पूर्वको सदरमुकाम स्थानको विवाद अन्ततः सुल्झिएको छ। यो निर्णयले अब जिल्लाको समग्र विकास, सरकारी सेवा पहुँच, पूर्वाधार निर्माण र स्थानीय स्थायित्वमा नयाँ गति दिने अपेक्षा गरिएपनि माओवादीका प्रदेश सांसद सुरल पुनले विरोध गर्दै यो निर्णयविरूद कानुनी उपचारमा जाने जनाएका छन् ।
बैशाख ६ मा अध्यक्ष पुष्पकमल दाहाल यहाँ आउदा रूकुमकोट राजधानी हुने घोषणा गरेपछि विवादमा परेका थिए । रूकुमकोट घोषणा गरेको दुई घन्टापछि उनले त्यो भनाइ फिर्ता लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: