बाजुरा। बाजुरामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुई जनाको घट्न स्थलमै मृत्यु भएको र थप एक जनाको दुई तीन घण्टा पछि मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका वाड नं –५ सुन्यबाडा बस्ने वर्ष ७३ का बाजा रोकाया र सोही ठाउँमा बस्ने वर्ष ७५ का विजुरा रोकाया र वर्ष ३५ जुनेली रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आज बिहान ९ बजे क्युडी देखि धुलाचौर आउँदै गएको ०३००१ बा प्र ०३००१ ज ०३३८ नम्बरको जिप क्युडी नजिक सडकबाट अन्दाजी दुई सय पचास मिटर तल खसेपछि दुई जनाको घटना स्थलमै र एक जनाको पछि मृत्यु भएको प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए।
उनले भने, “ बिहान दुई जनाको मृत्यु र १२ जना घाइते भएको भन्ने खबर थियो । भने अहिले प्रहरी घटना स्थलमा पुगेर अनुगमन गर्दा तीन जनाको मृत्यु र १६ जना घाइते भएका छन् । ”
घाइते हुनेमा हिमाली गाउँपालिका –५ क्युडीका वर्ष ३५ को बाचलाल रोकाया , सोही ठाउँको वर्ष २६ को धनसिंह रोकाया वर्ष ७० की भर्दैरी रोकाया , वर्ष २२ को बाँचधन रोकाया,वर्ष ४५ को वीरबहादुर बुढा वर्ष ५० को छते रोकाया , वर्ष ७० को अम्म रोकाया , वर्ष ४५ को भैजित बुढा , वर्ष १४ को दशरथ बुढा , वर्ष १२ की अप्कली बुढा , वर्ष ५० को रनसुन सुनार , वर्ष ५० को राजबहादुर बुढ्थापा र वर्ष ८ को साजन रोकाया रहेका छन् ।
त्यसै गरी हिमाली गाउँपालिका विच्छ्या बस्ने वर्ष ३५ को दलबहादुर चँदारा र र हुम्ला ताजाकोट गाउँपालिका ३ बस्ने वर्ष ३६ का सुरेन्द्र शाही रहेका छन् ।
गम्भीर अवस्थामा रहेका चार जना घाइतेहरूलाई हेलिकप्टर मार्फत सुर्खेत लगिसकेको छ भने अन्यलाई पनि अवस्था अनुसार सुर्खेतमा लिने की यतै कोल्टी अस्पतालमा लिने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।
जिप हिमाली गाउँपालिका २ कोट बस्ने वर्ष २२/२३ का गौरी बुढाले चलाएको थिए । बुढा भने सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - १७:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...
बैशाख २३ गते, २०८३ - १७:०३
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...
बैशाख २३ गते, २०८३ - १६:५१
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...
बैशाख २३ गते, २०८३ - १६:४१
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...
बैशाख २३ गते, २०८३ - १६:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...
बैशाख २३ गते, २०८३ - १५:५२
काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...
बैशाख २३ गते, २०८३ - १५:४५
काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...
बैशाख २३ गते, २०८३ - १५:३५
काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...
बैशाख २३ गते, २०८३ - १५:१२
काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...
बैशाख २३ गते, २०८३ - १४:५४
काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...


प्रतिकृया लेख्नुहोस्: