Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

युवा किसान काठमाडौं घोषणपत्र–२०८२ जारीः राजनीतिक क्रान्ति सम्पन्न, आर्थिक क्रान्ति बाँकी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय युवा किसान सञ्जाल नेपालले ‘युवा किसान समिति घोषणा २०८२’ जारी गरेको छ । साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सम्पन्न ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्प तथा एग्रिलम्पिक्स’ ले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हक, हित र अधिकारीको सुनिश्चितता, किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानमारा बहुर्राष्ट्रिय निगमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानहरुको सूचीकरण तथा वर्गीकरणसहित ‘किसान परिचयपत्र’ उपलब्ध, जलवायु परिवर्तनका सिर्जित समस्याहरु, कृषि रसायनहरुको नियन्त्रण, स्थानीय तथा रैथाने ज्ञान सीपको उच्च प्रयोग किसानहरुको एकता र अग्रगनको पक्षमा दृढ प्रतिवद्धतालगायतका विषय समेटिएका छन् ।

राष्ट्रिय किसान सञ्जाल नेपाल, राष्ट्रिय कार्यान्वयन समितिले आयोजना गरेको एग्रिलम्पिक्सले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै किसान नेताहरुले ‘राजनीतिक क्रान्ति सम्पन्न भएको, अब आर्थिक क्रान्ति गर्न बाँकी रहेको बताएका छन् ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष तथा राष्ट्रिय किसान आयोगका प्रथम अध्यक्ष चित्रबहादुर श्रेष्ठले युवाहरुले राखेको विचार नेपाली समाज रुपान्तरणका लागि उपयुक्त हुने बताए । श्रेष्ठले बाँकी परिवर्तन युवाहरुको काँधमा आएको बताउँदै किसान आन्दोलन उत्तराधिकारीको निर्माण नहुँदा धेरै आन्दोलनहरु दिगो हुन नसकेको बताए । उनले विगतको इतिहास पनि त्यस्तै हुदै आएकोले अबको आन्दोलन त्यस्तो हुनु नहुने बताउँदै बाँकी नेपालको जमीन हराभरा बनाएर कृषिको माध्यमबाट आर्थिक क्रान्तिलाई माथि उठाउने अभिभारा पनि युवाहरुमा रहेको श्रेष्ठले बताए ।

त्यसैगरि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव, राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष राष्ट्रिय किसान सञ्जालका संयोजका नहेन्द्र खड्काले किसान संगठनहरु विगतमा अलग–अलग रहेर आन्दोलनहरु गरेको भएपनि कसैले नसुनेको बताउँदै अब साझा आवाज बलियो भएको बताउनु भयो । सरकारले किसानको कुरा सुनेन । एकतावद्ध नभएसम्म किसानको अधिकार पाउन सक्दैन । नेपालको सबैभन्दा ठूलो समस्या कृषि क्षेत्रको रहेको बताउँदै विषयवस्तुलाई पहिचान गर्न सकेनौ भने कृषि क्रान्ति अगाडि नबढ्ने बताउनु भयो ।

फिलिपिन्समा गएका युवाहरुको तर्फबाट राष्ट्रिय कृषि सहकारी संघका युवा नेता सुन्दर नेपालले आफूहरुले फिपिपन्सिमा गएर गरिएको प्रतिवद्धतालाई कार्यन्वयन गर्ने प्रयास स्वरुप आजको यो मञ्चले पूर्णता पाएको बताए । अखिल नेपाल किसान महासंघका सचिव शर्मिला पौडेलले युवाहरु भूमिमा जोडिन खोज्न अति महत्वपूर्ण भएको बताईन् ।

कार्यक्रममा अखिल नेपालन किसान महासंघ (अप्फा)का नेता रामप्रसाद भुसालले ८० लाख नेपाली युवाहरुलाई नेपाल फर्काउने जिम्मेवारी युवाहरुको भएको बताए । भुसालले आज गठित युवा किसान मञ्चले जनताको हितको लागि काम गर्ने विश्वास भएको बताउँदै आउने क्रान्तिहरु पूरा गर्ने जिम्मेवारी पनि युवाहरुको काँधमा आएको बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) उप–महासचिव तथा युवा किसान मञ्चका अध्यक्ष निर्दोष तिमिल्सिनाले नेपालको कृषिलाई नविनतम् ढंगले अगाडि बढाउने जिम्मेवारी दिएकोमा आफूहरु प्रतिवद्धता भएर लाग्ने विचार व्यक्त गरेको छ ।

कार्यक्रममा केन्द्रीय चिया सहकारी संघको युवा नेता तथा युवा किसान मञ्च सदस्य बुद्ध नेम्वहाङ्ग काठमाडौं घोषणा पत्र पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालक युवा किसान मञ्चका सह–संयोजक लक्ष्मण गुरुङले गरेका थिए ।

काठमाडौँको कीर्तिपुरमा सम्पन्न एग्रिलम्पिक्समा सातवटै प्रदेशका युवा किसानको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending