Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

युवा किसान काठमाडौं घोषणपत्र–२०८२ जारीः राजनीतिक क्रान्ति सम्पन्न, आर्थिक क्रान्ति बाँकी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय युवा किसान सञ्जाल नेपालले ‘युवा किसान समिति घोषणा २०८२’ जारी गरेको छ । साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा सम्पन्न ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्प तथा एग्रिलम्पिक्स’ ले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हक, हित र अधिकारीको सुनिश्चितता, किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानमारा बहुर्राष्ट्रिय निगमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानहरुको सूचीकरण तथा वर्गीकरणसहित ‘किसान परिचयपत्र’ उपलब्ध, जलवायु परिवर्तनका सिर्जित समस्याहरु, कृषि रसायनहरुको नियन्त्रण, स्थानीय तथा रैथाने ज्ञान सीपको उच्च प्रयोग किसानहरुको एकता र अग्रगनको पक्षमा दृढ प्रतिवद्धतालगायतका विषय समेटिएका छन् ।

राष्ट्रिय किसान सञ्जाल नेपाल, राष्ट्रिय कार्यान्वयन समितिले आयोजना गरेको एग्रिलम्पिक्सले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै किसान नेताहरुले ‘राजनीतिक क्रान्ति सम्पन्न भएको, अब आर्थिक क्रान्ति गर्न बाँकी रहेको बताएका छन् ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष तथा राष्ट्रिय किसान आयोगका प्रथम अध्यक्ष चित्रबहादुर श्रेष्ठले युवाहरुले राखेको विचार नेपाली समाज रुपान्तरणका लागि उपयुक्त हुने बताए । श्रेष्ठले बाँकी परिवर्तन युवाहरुको काँधमा आएको बताउँदै किसान आन्दोलन उत्तराधिकारीको निर्माण नहुँदा धेरै आन्दोलनहरु दिगो हुन नसकेको बताए । उनले विगतको इतिहास पनि त्यस्तै हुदै आएकोले अबको आन्दोलन त्यस्तो हुनु नहुने बताउँदै बाँकी नेपालको जमीन हराभरा बनाएर कृषिको माध्यमबाट आर्थिक क्रान्तिलाई माथि उठाउने अभिभारा पनि युवाहरुमा रहेको श्रेष्ठले बताए ।

त्यसैगरि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव, राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष राष्ट्रिय किसान सञ्जालका संयोजका नहेन्द्र खड्काले किसान संगठनहरु विगतमा अलग–अलग रहेर आन्दोलनहरु गरेको भएपनि कसैले नसुनेको बताउँदै अब साझा आवाज बलियो भएको बताउनु भयो । सरकारले किसानको कुरा सुनेन । एकतावद्ध नभएसम्म किसानको अधिकार पाउन सक्दैन । नेपालको सबैभन्दा ठूलो समस्या कृषि क्षेत्रको रहेको बताउँदै विषयवस्तुलाई पहिचान गर्न सकेनौ भने कृषि क्रान्ति अगाडि नबढ्ने बताउनु भयो ।

फिलिपिन्समा गएका युवाहरुको तर्फबाट राष्ट्रिय कृषि सहकारी संघका युवा नेता सुन्दर नेपालले आफूहरुले फिपिपन्सिमा गएर गरिएको प्रतिवद्धतालाई कार्यन्वयन गर्ने प्रयास स्वरुप आजको यो मञ्चले पूर्णता पाएको बताए । अखिल नेपाल किसान महासंघका सचिव शर्मिला पौडेलले युवाहरु भूमिमा जोडिन खोज्न अति महत्वपूर्ण भएको बताईन् ।

कार्यक्रममा अखिल नेपालन किसान महासंघ (अप्फा)का नेता रामप्रसाद भुसालले ८० लाख नेपाली युवाहरुलाई नेपाल फर्काउने जिम्मेवारी युवाहरुको भएको बताए । भुसालले आज गठित युवा किसान मञ्चले जनताको हितको लागि काम गर्ने विश्वास भएको बताउँदै आउने क्रान्तिहरु पूरा गर्ने जिम्मेवारी पनि युवाहरुको काँधमा आएको बताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) उप–महासचिव तथा युवा किसान मञ्चका अध्यक्ष निर्दोष तिमिल्सिनाले नेपालको कृषिलाई नविनतम् ढंगले अगाडि बढाउने जिम्मेवारी दिएकोमा आफूहरु प्रतिवद्धता भएर लाग्ने विचार व्यक्त गरेको छ ।

कार्यक्रममा केन्द्रीय चिया सहकारी संघको युवा नेता तथा युवा किसान मञ्च सदस्य बुद्ध नेम्वहाङ्ग काठमाडौं घोषणा पत्र पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालक युवा किसान मञ्चका सह–संयोजक लक्ष्मण गुरुङले गरेका थिए ।

काठमाडौँको कीर्तिपुरमा सम्पन्न एग्रिलम्पिक्समा सातवटै प्रदेशका युवा किसानको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending