Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राैतहटमा एक दर्जनमध्ये तीन पुल निर्माण, बाँकी पुल कहिले बन्छन् ?

तस्बिरः यादवराज पुरी
खबरडबली संवाददाता

रौतहट । रौतहटमा निर्माण सुरु भई अलपत्र अवस्थामा रहेका विभिन्न स्थानका एक दर्जन पक्की पुलमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा रहेका चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गतको बरहवा खोलाको पुल, छेदी चोक कटहरिया सडकखण्ड अन्तर्गतको तरहरी झाँझपुल र वालचनपुर–जङ्गलसहिया सडकखण्ड अन्तर्गतको गुजरा खोला पुलको निर्माण सम्पन्न भएको छ । 

लामो समयदेखि लामो, घुमाउरो र जोखिमपूर्ण यात्राबाट आजित उक्त भेगका बासिन्दा पुल निर्माण सम्पन्न भएपछि खुसीले गदगद भएका छन् । विकासका पूर्वाधार मानिने पुल निर्माणले यातायात सहज हुन्छ । स्थानीय उत्पादनको बजारीकरण सहज, स्थानीय हाटबजार विस्तार, पशु तथा कृषिजन्य उत्पादन वृद्धि, छिमेकी बस्ती र जिल्लासँगको आवतजावत सहज हुँदा आपसी सद्भाव र सहयोग आदानप्रदान हुने तथा किसानका आयआर्जन वृद्धि हुने भएपछि उक्त भेगका बासिन्दा खुसी भएका हुन् । 

गत आर्थिक वर्ष २०८१र८२ को अन्त्यमा निर्माण सम्पन्न भएको बरहवा पुल पाँच करोड ६३ लाखख २८ हजार ९३९ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णका अनुसार उक्त पुल निर्माणको जिम्मा कनकाई इन्टरनेसनल बिल्डर्स प्रालि सुरुङ्गा झापाले पाएको थियो । २०७४ साल कात्तिक २९ गतेदेखि निर्माण कार्य थालनी गरिएको उक्त पुल दुई वर्षपछि अर्थात् २०७६ साल भदौ २७ गते हस्तान्तरण गर्नुपर्नेमा आठ वर्षपछि (२०८२ असार २५ गते) निर्माण सम्पन्न भयो । 

२०७७ साल माघ ५ गते सगुन गल्बा राजदेवी जेभीले सात करोड ८२ लाख ५३ हजार ७४५ रुपियाँ लागतमा ठेक्का पाएको गुजरा खोलाको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको छ । 

ठेक्का पाएको सात वर्षपछि निर्माण सम्पन्न भएको झाँझखोलाको पुल पनि सञ्चालनमा आएको छ । एपेक्स–रवी जेभी काठमाडौँले २०७५ साल असार १९ गते आठ करोड २७ लाख ८१ हजार ६२२ रुपियाँमा ठेक्का सकार गरेको उक्त पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको हो । पुल सञ्चालनमा आए पनि तीन वटै पुल भने हस्तान्तरण भई नसकेको डिभिजन प्रमुख कर्णले बताए । 

रौतहटको विभिन्न स्थानमा रहेका पुलमध्ये लामो समयदेखि अलपत्र अवस्थामा रहेको लालबकैया नदीको टिकुलियाघाटको पुल पनि एक हो । शिलान्यास भएको ११ वर्ष बितिसक्दा पनि उक्त पुलको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको डिभिजन सडक कार्यालयका एक प्राविधिकले जानकारी दिए ।

२०७१ साल असार २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाद्वारा शिलान्यास गरिएको उकत पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर मदनमोहन सिंहले पछिल्लो समय उक्त कन्स्ट्रक्सन विवादमा परेपछि श्री आजाद दिपु एन्ड कम्पनी जेभी गरुडाले २७ करोड ६६ लाख आठ हजार १७६ रुपियाँ लागतमा २०८० असार ६ गते सम्झौता गरी ०८१ चैत १ गते सम्पन्न गर्ने सहमति गरे पनि निर्माण कार्यले गति लिन नसकेको बताए । उनका अनुसार अघिल्लो र पछिल्लो दुवै निर्माण कम्पनीको कार्य प्रगति करिब ६० प्रतिशत भएको छ । 

ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता भन्छन्, “गौर र ईशनाथ नगरपालिका जोड्ने उक्त पक्की पुल नबन्नाले लालबकैया पारीका औरैया, बन्जराहा, मठियालगायत ईशनाथ नगरपालिकाका नागरिक वर्षायाममा ठुलो जोेखिम मोलेर सदरमुकाम आवतजावत गर्छन् । सदरमुकाम घर भई बकैया पारी खेतबारी भएका किसान तथा बकैया पारी घर भई सदरमुकाम आवतजावत गर्ने जो कोही पनि परम्परागत डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।” रौतहटमा चन्द्रनिगाहपुर–गैडाटार जोड्ने चाँदी नदी पुल, गुजरा नगरपालिका–१ स्थित कोठियार पुललगायत पाँच वटा पुल विगत  एक दशकदेखि अलपत्र अवस्थामा रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending