Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

राैतहटमा एक दर्जनमध्ये तीन पुल निर्माण, बाँकी पुल कहिले बन्छन् ?

तस्बिरः यादवराज पुरी
खबरडबली संवाददाता

रौतहट । रौतहटमा निर्माण सुरु भई अलपत्र अवस्थामा रहेका विभिन्न स्थानका एक दर्जन पक्की पुलमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा रहेका चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गतको बरहवा खोलाको पुल, छेदी चोक कटहरिया सडकखण्ड अन्तर्गतको तरहरी झाँझपुल र वालचनपुर–जङ्गलसहिया सडकखण्ड अन्तर्गतको गुजरा खोला पुलको निर्माण सम्पन्न भएको छ । 

लामो समयदेखि लामो, घुमाउरो र जोखिमपूर्ण यात्राबाट आजित उक्त भेगका बासिन्दा पुल निर्माण सम्पन्न भएपछि खुसीले गदगद भएका छन् । विकासका पूर्वाधार मानिने पुल निर्माणले यातायात सहज हुन्छ । स्थानीय उत्पादनको बजारीकरण सहज, स्थानीय हाटबजार विस्तार, पशु तथा कृषिजन्य उत्पादन वृद्धि, छिमेकी बस्ती र जिल्लासँगको आवतजावत सहज हुँदा आपसी सद्भाव र सहयोग आदानप्रदान हुने तथा किसानका आयआर्जन वृद्धि हुने भएपछि उक्त भेगका बासिन्दा खुसी भएका हुन् । 

गत आर्थिक वर्ष २०८१र८२ को अन्त्यमा निर्माण सम्पन्न भएको बरहवा पुल पाँच करोड ६३ लाखख २८ हजार ९३९ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णका अनुसार उक्त पुल निर्माणको जिम्मा कनकाई इन्टरनेसनल बिल्डर्स प्रालि सुरुङ्गा झापाले पाएको थियो । २०७४ साल कात्तिक २९ गतेदेखि निर्माण कार्य थालनी गरिएको उक्त पुल दुई वर्षपछि अर्थात् २०७६ साल भदौ २७ गते हस्तान्तरण गर्नुपर्नेमा आठ वर्षपछि (२०८२ असार २५ गते) निर्माण सम्पन्न भयो । 

२०७७ साल माघ ५ गते सगुन गल्बा राजदेवी जेभीले सात करोड ८२ लाख ५३ हजार ७४५ रुपियाँ लागतमा ठेक्का पाएको गुजरा खोलाको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको छ । 

ठेक्का पाएको सात वर्षपछि निर्माण सम्पन्न भएको झाँझखोलाको पुल पनि सञ्चालनमा आएको छ । एपेक्स–रवी जेभी काठमाडौँले २०७५ साल असार १९ गते आठ करोड २७ लाख ८१ हजार ६२२ रुपियाँमा ठेक्का सकार गरेको उक्त पुलको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको हो । पुल सञ्चालनमा आए पनि तीन वटै पुल भने हस्तान्तरण भई नसकेको डिभिजन प्रमुख कर्णले बताए । 

रौतहटको विभिन्न स्थानमा रहेका पुलमध्ये लामो समयदेखि अलपत्र अवस्थामा रहेको लालबकैया नदीको टिकुलियाघाटको पुल पनि एक हो । शिलान्यास भएको ११ वर्ष बितिसक्दा पनि उक्त पुलको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको डिभिजन सडक कार्यालयका एक प्राविधिकले जानकारी दिए ।

२०७१ साल असार २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाद्वारा शिलान्यास गरिएको उकत पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर मदनमोहन सिंहले पछिल्लो समय उक्त कन्स्ट्रक्सन विवादमा परेपछि श्री आजाद दिपु एन्ड कम्पनी जेभी गरुडाले २७ करोड ६६ लाख आठ हजार १७६ रुपियाँ लागतमा २०८० असार ६ गते सम्झौता गरी ०८१ चैत १ गते सम्पन्न गर्ने सहमति गरे पनि निर्माण कार्यले गति लिन नसकेको बताए । उनका अनुसार अघिल्लो र पछिल्लो दुवै निर्माण कम्पनीको कार्य प्रगति करिब ६० प्रतिशत भएको छ । 

ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता भन्छन्, “गौर र ईशनाथ नगरपालिका जोड्ने उक्त पक्की पुल नबन्नाले लालबकैया पारीका औरैया, बन्जराहा, मठियालगायत ईशनाथ नगरपालिकाका नागरिक वर्षायाममा ठुलो जोेखिम मोलेर सदरमुकाम आवतजावत गर्छन् । सदरमुकाम घर भई बकैया पारी खेतबारी भएका किसान तथा बकैया पारी घर भई सदरमुकाम आवतजावत गर्ने जो कोही पनि परम्परागत डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।” रौतहटमा चन्द्रनिगाहपुर–गैडाटार जोड्ने चाँदी नदी पुल, गुजरा नगरपालिका–१ स्थित कोठियार पुललगायत पाँच वटा पुल विगत  एक दशकदेखि अलपत्र अवस्थामा रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending