झापा । नेपाल दशनामी समाज युवा समितिको तेस्रो झापा जिल्ला अधिवेशनका लागि भेला आयोजक समिति गठन भएको छ ।
झापाको बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको छलफलमा नेपाल दशनामी समाजका केन्द्र, प्रदेश, जिल्ला, नगरका बिभिन्न तह र तप्कामा रहेका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
समाजको छलफलले युवा समितिलाई अझ सक्रिय बनाउँदै झापा जिल्लाको तेस्रो अधिवेशनको तयारीका लागि आज (शनिवार) भेला आयोजक समिति गठन गरेको छ । समाजको युवा समिति अधिवेशनका लागि भेला आयोजक समितिको संयोजकमा धनबहादुर पुरी (प्रजित) बिर्तामोडलाई जिम्मेवारी दिएको छ भने समितिको सचिवको जिम्मेवारी विशाल गिरी मेचीनगरलाई दिएको छ ।
त्यसैगरी सदस्यमा खेमराज गिरी, बिदुर गिरी बिर्तामोड, युवराज गिरी कनकाई र एगा गिरी मेचीनगरलाई जिम्मेवारी दिएको छ । उक्त भेला आयोजक समितिले झापाका १५ वटै पालिकामा रहेका दशनामी युवाहरुलाई भेला आयोजक समितिमा जोड्दै लाने र समाजको केन्द्र, प्रदेश र जिल्ला समितिसँग समन्वय तथा सहकार्य गरेर समाजको युवा समितिको अधिवेशन गराउनेछ ।
भेला आयोजक समिति गठन कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रिय कार्यबहाक महासचिव अशोक गिरी, केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, केन्द्रिय सदस्य एलबी गिरी, जंगराज गिरी, प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका युवा समिति केन्द्रिय अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, कोशी प्रदेश कार्यवहाक अध्यक्ष दीपक भारती, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीसहित समाजको बिभिन्न तह र तप्कामा रहेका दशनामी बन्धुहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमकाबिच बिर्तामोड नगर समितिले समाजका युवा समितिका केन्द्रिय अध्यक्ष अर्जुन गिरीलाई सम्मानसहित मायाको चिनो प्रदान गरेको थियो । समाजका पूर्व बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, झापा अध्यक्ष केदार गिरी, केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरी, प्रदेश अध्यक्ष प्रकाश पुरी, प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीलगायतले सम्मानसहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: