काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।
कास्की प्रहरीको टोलीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका(१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो।
शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन्। पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन्।
यस्तै, प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ। उनी सगरमाथा मनी चेन्जरका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
तीनै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको जनाएको छ।
कास्की प्रहरी प्रमुख श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली बरामद भएको छ।
यस्तै, अमेरिकी डलर १९ हजार ६००, युरो ३ हजार २०० बरामद भएको छ। हालको मुद्रा दर अनुसार बरामद रकम जम्मा ७५ लाख ९६ हजार ९०० रहेको ओलियाले बताए।
पक्राउ परेका महुमुद्दिन रुपन्देही तथा पोखरामा रेष्टुरेन्ट व्यवसायी गर्ने व्यक्ति हुन्। उनी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गर्छन्।
बुढाथोकी २० वर्षदेखि लेकसाइटमा मनी चेन्जर सञ्चालन गरिरहेका व्यक्ति हुन्। उनले विदेशी मुद्राको अवैध सटहीको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ।
यस्तै, पौडेल विगत १४ वर्षदेखि लेकसाइडमा मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध रुपमा विदेशी मुद्रा सटहरी सम्बन्धी काम गरिरहेको प्रहरीको भनाइ छ।
उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: