Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

देशका धेरै ठाउँमा पानी पर्दा मधेशमा सामान्य वर्षा, खडेरी पीडितलाई मिलेन राहत

खबरडबली संवाददाता

काठमाडौं । मनसुनी वायु थप सक्रिय हुँदा बितेको २४ घण्टामा काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ ।

केही दिनदेखि सामान्यबाहेक पानी नपरिरहेको बेला हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको हो । तर खडेरीको चपेटामा परेको मधेश प्रदेशमा भने सामान्य वर्षा मात्रै भएको छ ।

जल तथा मौसम विज्ञान विभागको प्रणालीले देखाएको विवरण अनुसार बितेको २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पुगाउँमा १ सय ३१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै धनकुटामा १ सय १३ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । काठमाण्डौ, नुवाकोट, लमजुङलगायतका जिल्लामा पनि २४ घण्टामा ८० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

तर मधेशमा भने सबैभन्दा धेरै सर्लाहीमा २७ मिलिमिटर वर्षा मापन भएको छ । सुक्खा लागेको मधेशमा २४ घण्टामा कम्तीमा १ सय मिलिमिटर वर्षा नभई किसान तथा स्थानीय बासिन्दालाई राहत नपुग्ने मौसमविद्हरू बताउँछन् ।

अहिले कोशी र सुदूरपश्चिमको तराई क्षेत्र, गण्डकी र लुम्बिनीको पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । देशका अरू भेगका केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको छैन ।

आज राति गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा तराई भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending