सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब हुँदा अनेक प्रश्न जन्माएको छ ।
स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर हायु परिवारका सदस्य केही दिनबाटै गायब भएको अनुमान जनप्रतिनिधले गरेका छन् ।
सोमबार बिहान खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको घरमा पुग्दा कुकुर रोइहरहेको थियो भने अरु चौपाया पनि अलपत्र थिए । वडाध्यक्ष श्रेष्ठ, स्थानीय छिमेकी र प्रहरी हायु परिवारको घरमा पुग्दा बेवारिसे बनेको कुकुर झ्यालमा बसेर रोइरहेको थियो ।
हायु परिवारका सबै १६ जना सदस्य अचानक सम्पर्कविहीन भएर गायब बनेको थाहा पाएपछि खोजी तीव्र पारिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको पनि टोली परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। हायु परिवारको घरमा प्रहरी र जनप्रतिनिधिको टोली पुग्दा घरसँगै जोडिएको भान्साका लागि बनाइएको छाप्रो आगोले जलेको अवस्थामा भेटिएको छ ।
‘गोलान्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पानजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता पशु गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: