Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

के हो अखिल क्रान्तिकारीका नेताबिच कुटाकुटको कारण ?

खबरडबली संवाददाता

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट र पूर्वविद्यार्थी नेता भुवनसिंह विष्ट बिचको आन्तरिक विवाद व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीले निष्कर्ष निकालेको छ । आइतबार माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल भइरहेका बेला विष्टले भौतिक आक्रमण गरी भट्टलाई गम्भीर घाइते बनाएका थिए ।

दुई जना बिचको विवाद पार्टीभित्रको देखिएको अन्तर्विरोधको असर नभई व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीका महासचिव रोशन थापामगरले बताए । मगरका अनुसार साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा प्रदेशका इन्चार्ज समेत रहेका भट्टले पार्टी कार्यालयमा छलफल गरिरहेका बेला विष्टले भौतिक आक्रमण गरेको हो । 

‘साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा हाम्रा केन्द्रीय उपमहासचिव तथा प्रदेश इन्चार्जले कञ्चनपुर पार्टी कार्यालयमा आन्तरिक छलफल राख्नुभएको थियो । भुवनसिंह विष्ट पूर्व नेता हो । आन्तरिक विषयमा छलफल भइरहेको बेला असम्बन्धित व्यक्तिले साङ्घातिक आक्रमण गरेको हो । यो कुनै पार्टीभित्र देखिएको विवादका कारण होइन’, उनले भने । 

बाहिर पार्टीभित्रको अन्तर्विरोधको असर विद्यार्थी सङ्गठनमा पर्‍यो भनेर हल्ला फिँजाइएको तर त्यो नभएको उनले जिकिर गरे ।  घटनाबारे जानकारी दिँदै थापामगरले भने– ‘विष्ट उपमहासचिवमा भट्टसँग पराजित व्यक्ति हुन् । व्यक्तिगत रिसिइबीका कारण अप्रिय घटना भएको छ । उनलाई पार्टी कमिटीले कारबाही गरिसकेको छ  । घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि समिति गठन गरिसकेका छौँ ।’

घाइतेको अवस्था अहिले सामान्य भए पनि चिकित्सकले अप्रेसन गर्न सुझाव दिएकाले काठमाडौँ ल्याइरहेको थापामगरले जानकारी दिए । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भट्टको उपचार हुने उनले बताए । भट्टको टाउकोमा गहिरो चोट लागेका कारण माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । 

घटना लगत्तै क्रान्तिकारीले विज्ञप्ति जारी निष्पक्ष छानबिनका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष इन्दिरा पुरीको संयोजकत्वमा इन्दु केसी र प्रकाश तामाङ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी ७ दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending