काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट र पूर्वविद्यार्थी नेता भुवनसिंह विष्ट बिचको आन्तरिक विवाद व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीले निष्कर्ष निकालेको छ । आइतबार माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल भइरहेका बेला विष्टले भौतिक आक्रमण गरी भट्टलाई गम्भीर घाइते बनाएका थिए ।
दुई जना बिचको विवाद पार्टीभित्रको देखिएको अन्तर्विरोधको असर नभई व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीका महासचिव रोशन थापामगरले बताए । मगरका अनुसार साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा प्रदेशका इन्चार्ज समेत रहेका भट्टले पार्टी कार्यालयमा छलफल गरिरहेका बेला विष्टले भौतिक आक्रमण गरेको हो ।
‘साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा हाम्रा केन्द्रीय उपमहासचिव तथा प्रदेश इन्चार्जले कञ्चनपुर पार्टी कार्यालयमा आन्तरिक छलफल राख्नुभएको थियो । भुवनसिंह विष्ट पूर्व नेता हो । आन्तरिक विषयमा छलफल भइरहेको बेला असम्बन्धित व्यक्तिले साङ्घातिक आक्रमण गरेको हो । यो कुनै पार्टीभित्र देखिएको विवादका कारण होइन’, उनले भने ।
बाहिर पार्टीभित्रको अन्तर्विरोधको असर विद्यार्थी सङ्गठनमा पर्यो भनेर हल्ला फिँजाइएको तर त्यो नभएको उनले जिकिर गरे । घटनाबारे जानकारी दिँदै थापामगरले भने– ‘विष्ट उपमहासचिवमा भट्टसँग पराजित व्यक्ति हुन् । व्यक्तिगत रिसिइबीका कारण अप्रिय घटना भएको छ । उनलाई पार्टी कमिटीले कारबाही गरिसकेको छ । घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि समिति गठन गरिसकेका छौँ ।’
घाइतेको अवस्था अहिले सामान्य भए पनि चिकित्सकले अप्रेसन गर्न सुझाव दिएकाले काठमाडौँ ल्याइरहेको थापामगरले जानकारी दिए । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भट्टको उपचार हुने उनले बताए । भट्टको टाउकोमा गहिरो चोट लागेका कारण माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।
घटना लगत्तै क्रान्तिकारीले विज्ञप्ति जारी निष्पक्ष छानबिनका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष इन्दिरा पुरीको संयोजकत्वमा इन्दु केसी र प्रकाश तामाङ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी ७ दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: