Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छः प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन्।

माओवादी केन्द्रकाे समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। “नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” उनले भने।

प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए। माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उनले बताए। उनले भने, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्‍यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ।”

प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका हुनुपर्ने बताए। देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थानहरू नै अगाडि रहेको उनले बताए।

उनले भने, “माओवादी केन्द्रको त्याग, तपस्याको इतिहास र परिवर्तनका लागि लडेको इतिहासका कारण हामीले व्यवस्थित ढंगले योजनाबद्ध निर्देशन नगर्दा नगर्दै पनि स्थानीय तहमा माओवादीले नेतृत्व गरेका पालिकाहरू नै अगाडि छन्। अझ व्यवस्थित गर्दा धेरै राम्रो गर्न सकिन्छ। माओवादी केन्द्रले नेतृत्व गरेका संघ संस्थाहरू फरक ढंगले चलाउँदा मात्रै हाम्रो स्वत्व रहन्छ। त्यसले हामीले जहाँ नेतृत्व गरेका छौं, त्यहाँबाट जनताको निम्ति, राज्यको निम्ति गर्न पर्छ र जनतालाई माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ।”

सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठूला र परम्परावादी दलहरूको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थाहरूमा उनीहरूको प्रवृत्तिका कारण ठूलो स्केलमा समस्या आएको उनले बताए।

“अहिले सहकारीमा निकै ठूलो स्केलमा ठूला पार्टीहरू सहभागी भएर भ्रष्टाचार, बेथितिको सिर्जना भयो भन्ने कुरा निकै नै गम्भीर बनेको छ। जुन दलहरूलाई हामी संसदवादी दलाल पुँजीवादी भन्ने गर्छौं, उनीहरूका अनुसार होइन, हामीले नेतृत्व लिने संस्था फरक र माओवादीको विचार अनुसार चलाउनुपर्छ। पुराना दल जसले उनीहरूकै सोच अनुसार परम्परावादी शैलीमा सामाजिक संघ–संस्था चलाइरहेका छन्, त्यसले ती संस्थाहरूमा ठूलो स्केलमा समस्या देखिएका छन्। माओवादीहरूले चलाउने सामाजिक संघसंस्थाहरू वा सहभागी हुने संस्थामा आफ्नो सोच अनुसार गर्नु पर्छ। जनताले फरकपन महशुस गर्नेगरी काम गर्नुपर्नेहुन्छ,” उनले भने।

सरकारमा हुँदा विभिन्न सामाजिक संघ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताउनुभयो। विदेशी दातृ निकायले विभिन्न संस्था मार्फत खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उनले स्मरण गरे।

माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरु पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending