Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

चालु आर्थिक वर्षमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । 

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबारको बैठकमा उनले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । 

“सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्वका आधारमा नयाँ कानुन बनाउने प्रयत्न भएको हो”, मन्त्री चौरसियाले भने,“न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई अदालतको कार्य बोझ घटाउने प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानुनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन  सरकार लागेको छ ।”

कानुन मन्त्रालयले विधायन ऐन कार्यान्वयनमा आएको, हालसम्म विभिन्न मन्त्रालय र निकायहरूबाट ६ वटा नियमावली, पाँच वटा विनियमावली, तीन वटा निर्देशिका र सात वटा कार्यविधि मन्त्रालयमा दर्ता भएका जनाएको छ । 

मन्त्रालयले ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारीको नियुक्ति गरी निःशुल्क कानुनी सहायता सुविधा पुर्‍याइएको जनाएको छ ।निःशुल्क कानुनी सहायता परियोजनाअन्तर्गत हालसम्म एक हजार १७९  कानुनी परामर्श र ७९९ वटा मुद्दा दर्ता भएका छन् ।

कानुनी सहायतालाई प्रभावकारी बनाउन निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक तयार गरिएको र त्यसलाई चालु आवभित्रै पेस गरिने उक्त मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकाल घोषणा

रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...

भाेजपुरमा बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...

माओवादी केन्द्रनिकट चार जनसंगठनको दाबीः लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् ।  उक्त भूमि नेपा...

एडिबीद्वारा पाकिस्तानको तामा–सुन खानीका लागि ४१ करोड डलर स्वीकृत

इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...

जर्मनीको अर्थतन्त्रमा पुनः झट्का, आर्थिक वृद्धिदर झनै घटेको पुष्टि

जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...

बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाएपछि बन्द

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बिदा

गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending