मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने भएको छन् ।
काठमाडौँमा शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रव्रिmया भदौ ३ गतेभित्रै टुङ्ग्याउने निर्णय गरेको हो । साउन ६ गतेदेखि अल्पमतमा पुगेका मुख्यमन्त्री बानियाँलाई संविधानले दिएको समय अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।
बैठकपछि बागमती प्रदेश सभा कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनले भदौ ३ गतेभित्र मुख्यमन्त्री बानियाँले विश्वासको मत लिइने निर्णय भएको जानकारी दिए। मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु एक दिनअघि नै सबै प्रदेश सभाका पार्टीका सबै सदस्यलाई हेटौँडामा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय भएको उनले जानकारी दिए।
कांग्रेसले सरकारको यो विषय प्रदेशको मात्र नभई केन्द्रसम्म जोडिएको विषयका रूपमा लिएको छ । बैठकले प्रदेश सरकारको विषयमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेतासँग परामर्श गर्ने निर्णय गरेको उनले बताए ।
साथै मुख्यमन्त्री बानियाँलाई आफ्नो पक्षमा आवश्यक मत पुर्याउन शीर्ष नेतृत्वमार्फत अन्य दलसँग समन्वय र राजनीतिक संवाद गर्न पनि निर्णय भएको उनले बताए । अब बागमतीमा प्रश्न केवल विश्वासको मतको मात्र होइन, कांग्रेसले अल्पमतको सरकारलाई राजनीतिक कौशलमार्फत जोगाउन सक्छ कि सक्दैन भन्ने बनेको उनले बताए।
एमालेले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि बागमतीको राजनीति नयाँ मोडमा पुगेको छ तर एमाले–नेकपा गठबन्धनभित्रै नेतृत्व र सरकार गठनबारे स्पष्टता नआउँदा नयाँ सरकार गठनको प्रव्रिmया अझै अन्योलमा रहेको छ । यही राजनीतिक अन्योलका बिचमा कांग्रेसले आफ्नो नेतृत्वको सरकारलाई टिकाउन प्रयासमा लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ११:४८
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...
श्रावण २४ गते, २०८३ - ११:३६
पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...
श्रावण २४ गते, २०८३ - ११:०७
कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...
श्रावण २४ गते, २०८३ - १०:५५
मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा ...
श्रावण २४ गते, २०८३ - १०:३६
सिन्धुलीमाढी । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ । जिल्लामा विगत केही दिनदेखि खाना पकाउने ग्या...
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...



प्रतिकृया लेख्नुहोस्: