Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

'रेशम भेला'को निर्णयबारे कानुनी उपचार खोज्ने तयारीमा रञ्जिता पक्ष

खबरडबली संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।

मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा बुधबार काठमाडौंमा भएको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए । ‘राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको छ,’ उनले भने ।

श्रेष्ठले भने राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै भएको भन्दै यसले गरेको निर्णय मान्य नहुने बताएकी छन् । ‘राष्ट्रिय भेला अध्यक्षले बोलाउने विधानमा प्रावधान छ । त्यसकारण मैले नबोलाएको भेलाले गरेको निर्णय वैधानिक छैन,’ उनले कान्तिपुरसँग भनिन् । भेलाको निर्णयबारे कानुनी उपचार खोज्ने तयारी रञ्जिता पक्षले गरेको छ ।

अध्यक्षसहित २१ जना संस्थापक केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै, राष्ट्रिय भेलाका प्रतिनिधिहरूमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलामा सहभागी केही नेताहरूले भेला नै अवैधानिक भएको भन्दै बहिष्कार गरेका थिए । प्रतिनिधिसभामा नाउपाका चार जना सांसद रहेकोमा श्रेष्ठबाहेक तीन जना उपस्थित थिए । यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका नाउपाका सात जना सांसदमध्ये बुधबारको भेलामा पाँच जना सहभागी थिए ।

अध्यक्ष पक्षधर सांसद कैलाश चौधरी उपस्थित थिएनन् भने यसअघि अध्यक्षलाई स्पष्टीकरण सोध्ने बैठकमा उपस्थित रहेका सांसद लक्ष्मणकिशोर चौधरीसमेत बुधबारको भेलामा अनुपस्थित थिए । नाउपाबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारै जना सांसद भेलामा उपस्थित रहेको बताइएको छ । 

भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी कैलालीका चार स्थानीय तहमा नाउपाको नेतृत्व छ । चारवटै पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष (जनप्रतिनिधि) पनि राष्ट्रिय भेलामा सहभागी रहेको नाउपाका नेता ठाकुरसिंह थारूले बताए ।

यसअघि आइतबार १३ जना संस्थापक केन्द्रीय सदस्य उपस्थित बहुमतको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठले स्पष्टीकरण भने बुझाइनन् । त्यसअघि केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । तर अध्यक्ष श्रेष्ठले भने सुनुवाइ गरेकी थिइनन् । त्यसको सट्टा अध्यक्ष श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य नरहेका वरिष्ठ नेता शिव बास्तोलालाई अन्तरिम विधान २०७८ को धारा २० (९) बमोजिम शनिबार कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

धारा १९ मा अध्यक्षको अधिकार र कर्तव्यसम्बन्धी व्यवस्थाको (६) मा अध्यक्षले ‘आफूमा निहित अधिकार अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्ने’ भनिएको छ । बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिएपछि विवाद झन् चुलिएको थियो । 

अध्यक्षको विपक्षमा रहेकाहरूले भने संस्थापक केन्द्रीय सदस्य नै नरहेको व्यक्तिलाई कार्यवाहक अध्यक्ष तोक्न नमिल्ने जिकिर गरेका थिए । संरक्षक रेशम चौधरीले पनि बास्तोलालाई कार्यवाहक तोकिएकोप्रति आपत्ति जनाउँदै गलत गरेको बताएका थिए । श्रेष्ठले भने वरिष्ठ नेता तोक्ने अधिकार अध्यक्षमा भएको भन्दै कार्यवाहक अध्यक्ष पनि विधानअनुसार तोकेको दाबी गरेकी छन् ।

यता राष्ट्रिय भेलाबाट अध्यक्षलाई हटाइएको सम्बन्धमा अध्यक्ष श्रेष्ठ पक्षधर संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवालीले गैरकानुनी रूपमा हटाउएको दाबी गरिन् । ‘म त भेलामा सहभागी छैन । मेरो विचारमा अब यसमा पनि मुद्दामामिला हुन्छ होला र यो निर्णय वैध ठहरिन्छ भन्ने लाग्दैन,’ उनले भनिन् । कार्यवाहकमा मनोनीत शिव बास्तोलाले पनि भेला र भेलाको निर्णय अर्थहीन हुने दाबी गरे । 

‘उहाँहरूले बैठक बोलाएकै विधानविपरीत छ । संसदीय दलले बैठक बोलाउनै मिल्दैन । गंगा चौधरीले महासचिव उल्लेख गरेर बैठकका लागि पत्राचार गर्नुभएको छ,’ बास्तोलाले भने, ‘उहाँ त महासचिव होइन, संसदीय दलको नेता हो । टीकापुर महाधिवेशनबाट उहाँ महासचिव निर्वाचित हुनुभएको थियो, तर निर्वाचन आयोगले टीकापुर महाधिवेशनलाई मान्यता नदिएको सबैलाई थाहै छ । त्यसैमा राष्ट्रिय भेलाका सहभागी प्रतिनिधिबारे पनि अन्योल छ ।’

नाउपाको अन्तरिम विधान २०७८ को दफा १३ मा राष्ट्रिय भेलासम्बन्धी व्यवस्था छ । तर राष्ट्रिय भेलाका प्रतिनिधिबारे भने उल्लेख छैन । केन्द्रीय कमिटीले राष्ट्रिय भेला बोलाउन सक्ने व्यवस्था छ । १३ (क) मा केन्द्रीय कमिटीले आवश्यक ठानेमा राष्ट्रिय भेला आयोजना गर्नेछ भनिएको छ भने १३ (ख) मा राष्ट्रिय भेलाले विधान, केन्द्रीय कमिटी, सचिवालयका सदस्य र पदाधिकारीहरूको चयन एवं हेरफेर र महाधिवेशनप्रति उत्तरदायी रहने गरी विधान हेरफेर गर्न सक्नेछ भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending