स्याङ्जा । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन् । हरिया र राम्रा दाना बनिसकेका सुन्तला एकाएक झर्न थालेपछि किसानहरू समस्यामा परेका हुन् । पतेराको आक्रमण, गर्मी र वर्षाको कारण दाना झर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्याङ्जाका सुन्तला प्राविधिक प्रमुख इन्द्रप्रसाद सुवेदीले बताए ।
उनले पतेरा नियन्त्रण र विषादीको उचित प्रयोगमा ध्यान दिएर दाना झर्न रोक्न सकिने सुझाव दिए । वालिङ नगरपालिका–१२ की किसान सिता थापाले यो वर्ष सुन्तलाका दाना धेरै झरेको बताइन्। “दिनहुँ दाना झरिरहेका छन्, जसले चिन्ता थपिएको छ,” उनले भनिन् ।
प्राविधिक सुवेदीले सुन्तला बोटको राम्रो स्याहार, सरसफाइ र गोडमेलमा जोड दिनुपर्ने बताए । आवश्यक खाद, मल, पानी र पौष्टिक तत्वको कमीले पनि दाना झर्ने उनको भनाइ छ ।
स्याङ्जा सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । यहाँका किसानले नगदेबालीका रूपमा व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला सुपरजोन परियोजनाले उत्पादन र बजारीकरणमा सहयोग पुर्याउँदै आएको परियोजनाका अध्यक्ष बोधराज अर्यालले बताए ।
जिल्लाका ११ पालिकाका ९७ वडामध्ये ५–६ वडा बाहेक सबैमा सुन्तला खेती हुन्छ । करिब २,३५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । गत वर्ष २०,००० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो, जसबाट किसानले १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरे ।
जिल्लामा स्थानीय, जापानी, उन्सु, खोकुजस्ता मौसमी र बेमौसमी सुन्तला खेती हुन्छ । एकजना किसानले एउटा सिजनमा ५५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । स्याङ्जामा २४ सहकारी, ८७ किसान समूह र २५१ निजी फर्ममार्फत सुन्तला उत्पादन हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: