उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरद्वारा आयोजित नगर अधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति प्रेस सेन्टर नेपाल र नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
शनिबार त्रियुगा नगरपालिका–३ स्थित होटल इम्पायर इनमा आयोजित रास्वपाको पहिलो नगर अधिवेशनमा समाचार संकलन गर्न बोलाइएका पत्रकार राकेश नेपालीमाथि फोटो र भिडियो खिचेको भन्दै दुर्व्यवहार गरिएको हो ।
प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशका सचिव तथा कान्तिपुर राष्ट्रिय दैनिक उदयपुरका संवाददाता राकेश नेपालीमाथि दुर्व्यवहार भएको पुष्टि प्रेस सेन्टर उदयपुरका जिल्ला सचिव दिनेश राईले गरे । उनका अनुसार, "रास्वपाको नगर अधिवेशनको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत पत्रकारहरूलाई निमन्त्रणा गरिएको थियो । धेरैजना नगए पनि राकेशजी पुग्नुभएको थियो । तर, फोटो–भिडियो खिचेको भन्दै उहाँमाथि अपमानजनक व्यवहार गरियो ।"
पत्रकार नेपालीका अनुसार, रास्वपाकी नेतृ सरिन तामाङले कार्यक्रम स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्न रोक लगाएकी थिइन् । त्यसपछि उनी कार्यक्रम स्थल छाडेर फर्किएका थिए ।
घटनापछि प्रेस सेन्टर उदयपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "सञ्चारकर्मीमाथिको अपमान र दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको खुला प्रहार हो ।" सेन्टरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
यसैगरी, नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पनि विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ । महासंघका सचिव तुलसीप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रास्वपाको औपचारिक निमन्त्रणामा पत्रकार सहभागी भएका थिए। यस्तो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्याएको छ । दोषीलाई कारबाही गर्न हामी सम्बन्धित निकायसँग आग्रह गर्दछौं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: