Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पत्रकार नेपालीमाथि रास्वपाकाे दुर्व्यवहार, प्रेस सेन्टर र पत्रकार महासंघद्वारा विरोध

खबरडबली संवाददाता

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरद्वारा आयोजित नगर अधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति प्रेस सेन्टर नेपाल र नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार त्रियुगा नगरपालिका–३ स्थित होटल इम्पायर इनमा आयोजित रास्वपाको पहिलो नगर अधिवेशनमा समाचार संकलन गर्न बोलाइएका पत्रकार राकेश नेपालीमाथि फोटो र भिडियो खिचेको भन्दै दुर्व्यवहार गरिएको हो ।

प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेशका सचिव तथा कान्तिपुर राष्ट्रिय दैनिक उदयपुरका संवाददाता राकेश नेपालीमाथि दुर्व्यवहार भएको पुष्टि प्रेस सेन्टर उदयपुरका जिल्ला सचिव दिनेश राईले गरे । उनका अनुसार, "रास्वपाको नगर अधिवेशनको समाचार संकलनका लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत पत्रकारहरूलाई निमन्त्रणा गरिएको थियो । धेरैजना नगए पनि राकेशजी पुग्नुभएको थियो । तर, फोटो–भिडियो खिचेको भन्दै उहाँमाथि अपमानजनक व्यवहार गरियो ।"

पत्रकार नेपालीका अनुसार, रास्वपाकी नेतृ सरिन तामाङले कार्यक्रम स्थलमै क्यामेरा खोस्नुका साथै फोटो खिच्न रोक लगाएकी थिइन् । त्यसपछि उनी कार्यक्रम स्थल छाडेर फर्किएका थिए । 

घटनापछि प्रेस सेन्टर उदयपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "सञ्चारकर्मीमाथिको अपमान र दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको खुला प्रहार हो ।" सेन्टरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

यसैगरी, नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पनि विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ । महासंघका सचिव तुलसीप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रास्वपाको औपचारिक निमन्त्रणामा पत्रकार सहभागी भएका थिए। यस्तो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्‍याएको छ । दोषीलाई कारबाही गर्न हामी सम्बन्धित निकायसँग आग्रह गर्दछौं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: