मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरेका लामाले गत वर्ष साउन ८ गते मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । उनले साउन ९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । ३७४ दिनको कार्यकालपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले शक्ति केन्द्र र स्वार्थ समूहको इशारामा चल्न नसक्दा राजीनामा दिनुपर्ने अवस्था आएको बताए । “संविधानतः मलाई राजीनामा दिनुपर्ने अवस्था थिएन,” उनले भने, “तर राजनीतिमा विधि, पद्धति, मूल्य र मान्यता कायम गर्नुपर्ने भएकोले पद छाड्ने निर्णय गरेँ ।”
मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले मार्ग प्रशस्त गर्न राजीनामा दिएको स्पष्ट पारे । “पार्टीको इमानदार सिपाहीको हैसियतले सभापतिको आग्रहलाई शिरोधार्य गर्दै आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भने ।
लामाले आफ्नो नेतृत्वमा प्रदेशमा प्रणाली स्थापना र सुशासन कायम गर्न सफल भएको दाबी गरे । उनले विकास आयोजना कार्यान्वयनमा सरकारको क्षमता अभिवृद्धि भएको उल्लेख गर्दै त्यसको पुष्टि तथ्य र तथ्याङ्कले गर्ने बताए ।
मुख्यमन्त्री लामालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि राजीनामा दिन दबाब बढेको थियो । लामाले यसअघि संविधानको धारा १६८(२) अनुसार आफू मुख्यमन्त्री बनेकोले संसदीय दलको नेताबाट पराजित भए पनि पद नछोड्ने अडान राख्दै आएका थिए ।
धारा १६८(२) अनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिन्छ । तर, संसदीय दलका नेता बानियाँले लामाको नैतिक अधिकार गुमिसकेको भन्दै मार्ग प्रशस्त गर्न दबाब दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: