भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आएका हुन् ।
स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिए ।
“निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु”, तामाङले भने, “एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।”
उनका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।
“डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भने, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”
आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको बनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए ।
सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिए ।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताए ।
गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उनले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उनले धारणा राखे । परम्परागत सेसालाई व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...
माघ ७ गते, २०८२ - ०७:३६
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । ...
माघ ७ गते, २०८२ - ०७:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेक...
माघ ७ गते, २०८२ - ०७:३०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको...
माघ ७ गते, २०८२ - ०७:२८
लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्ष...




प्रतिकृया लेख्नुहोस्: