लमजुङ। लमजुङमा पछिल्लो वर्षहरूमा सम्बन्ध विच्छेदका मुद्दा गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत लमजुङमा गत आर्थिक वर्ष २०८१–८२ मा तीन सय दस जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
गत वर्ष अदालतमा सम्बन्ध विच्छेद्का तीन सय ८४ मुद्दा रहेकोमा ३१० जोडीको मुद्दा फैसला भई सम्बन्ध विच्छेद भएको जिल्ला अदालत लमजुङका श्रेस्तेदार भेषराज पौडेलले बताए ।
जिल्ला अदालतमा अन्य मुद्दाभन्दा बढी सम्बन्ध विच्छेदका आउने गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन सय ८६ जोडीले बढी सम्बन्ध विच्छेद् गरेका थिए । गत अघिल्लो भन्दा गत आवमा ७६ जनाले कमि भए पनि जिल्ला अदालतमा अरू मुद्दाभन्दा सम्बन्ध विच्छेदका मुद्दा प्रत्येक वर्ष बढी आउने गरेको छ ।
आर्थिक वर्ष २०७९–८० मा चार सय एक सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा तीन सय २६ जोडीको सम्बन्ध विच्छेद भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–७९ मा सम्बन्ध विच्छेद गर्ने जोडीको सङ्ख्या तीन सय ३२ रहेको थियो । हरेक वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढ्दो छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको नेपाल बार एकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। पारिवारिक समस्या भएका कतिपय दम्पतिहरू अदालतमा गएर सम्बन्ध विच्छेद गर्नुभन्दा पहिले प्रहरीकहाँ पनि पुग्ने गरेका छन् ।
सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्ध छुट्नै चाहनेलाई मात्र अदालत पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।
पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीपनाजस्ता कारणले सम्बन्ध विच्छेदका घटनाहरू बढ्दैगएको जिल्ला अदालतले जनाएको छ । बालविवाह, इच्छाविपरित विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्ध विच्छेदका घटनामा कमी आउने बार लमजुङका अध्यक्ष अधिकारीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: