Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कर्णाली बैँक घोटाला प्रकरण: वडाध्यक्ष र चिकित्सकसहित १०३ जना फरार

खबरडबली संवाददाता

नेपालगन्ज। नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको घोटालामा बहालवाला वडाध्यक्षदेखि बैँकका उच्च कर्मचारी, सञ्चालक, चिकित्सक, नेता लगायत अडिटर समेत गरेर १०३ जना फरार रहेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर साउन १४ गते दायर गरिएको मुद्दामा चार जना पक्राउ परेको, दुई जनाको मृत्यु भइसकेको र १०३ जना फरार रहेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशले जनाएको छ। 

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार सो मुद्दामा पक्राउ परेका बैँकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्तशाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश बुधबार दिएको थियो भने नेपाल राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाशका न्यायाधीशहरू चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलाशले सो आदेश दिएको हो। 

४५ पृष्ठ र ३२ बुँदामा रहेको अदालतको सो आदेशमा फरार रहेका १०३ जना प्रतिवादीको हकमा कानुन बमोजिम म्याद जारी गरी नियमानुसार गर्नु भनि आदेश भएकोले फरारलाई पक्राउ गर्न प्रहरीलाई ३५ दिने म्यादसहितको पक्राउ पुर्जी पठाउने अदालतका सूचना अधिकारी विष्टले बताए। 

उहाँले धेरै जना प्रतिवादी फरार रहेकोले पक्राउ पुर्जी जारी गर्न एक दुई दिन लाग्ने पनि बताए। १०५ जनाको फरार सूचीमा रहेका राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापाको २०७८ साल वैशाख ३१ गते तथा कर्णाली डेभलपमेन्ट बैँकका तत्कालीन कर्मचारी धनन्जय कश्यपको २०८२ साल वैशाख ५ गते मृत्यु भएको थियो। बाँकी रहेका १०३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिने अदालतले  जनाएको छ। 

कर्णाली डेभलपमेन्ट बैँकको घोटालामा फरार सूचीमा रहेका १०३ जना मध्ये बैँकका उच्च कर्मचारी, सञ्चालक, राजनीतिक दलका नेता, चिकित्सक र लेखा परीक्षकसमेत रहेका छन्। 

फरार सूचीमा रहेकामध्ये बैँकका अध्यक्ष डा। ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह र विष्णुप्रसाद कक्षपति, बैँकका पूर्व नेपालगन्ज शाखा प्रमुख दीपा थापा छिन्।

डुडुवा गाउँपालिका–६ का बहालवाला वडाध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा। उषा राणा शाह, राजनीतिक दलका नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा फरार सूचीमा रहेको जनाइएको छ। 

लेखापरीक्षक विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ सो बैँक घोटालामा फरार सुचीमा छन्। 

बैँकमा घोटाला गरेको भन्दै पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ तीन पैसा बिगो कायम गरेर उच्च अदालतमा मुद्दा दर्ता गरिएको थियो। 

राष्ट्र बैँकबाट गठित व्यवस्थापन समूहका तर्फबाट अख्तियार प्राप्त समूहका सदस्य उपनिर्देशक जुगलकिशोर कुशवाहको जाहेरीले सो मुद्दा दर्ता गरिएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending