काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गरिन् ।
‘आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ’, उनले शुभकामनामा भनेकी छन् ‘यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।’
जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सदभाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पुर्याउने उनको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...
बैशाख २० गते, २०८३ - १३:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...
बैशाख २० गते, २०८३ - १३:५१
काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...
बैशाख २० गते, २०८३ - १३:४०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...
बैशाख २० गते, २०८३ - १३:१३
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...
बैशाख २० गते, २०८३ - १३:०६
काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...
बैशाख २० गते, २०८३ - १२:४२
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...


प्रतिकृया लेख्नुहोस्: