रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।
'गत आवमा मात्रै दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ,' उनले भने, 'सोही अवधिमा दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।'
सशस्त्र प्रहरीका अनुसार गत आवमा एकरएक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको छ । त्यसैगरी, एकरएक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका रु ४८ लाख १७ हजार ११० रकम बरामद गरेको पनि जानकारी दिए।
त्यस्तै, सोही अवधिमा स्रोत नखुलेका नौ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ । सशस्त्र प्रहरीले गत आवमा ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार गत आवमा ४०६ कार्टुन अर्थात् पाँच लाख ५१ हजार ८२५ मूल्यको मदिरा बरामद गरिएको छ । सोही अवधिमा ८५० किलोग्राम माछा, एक हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैँसी र पाडापाडी पनि बरामद गरिएको छ ।
त्यस्तै, रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले रु चार लाख तीन हजार ५६ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । दक्षिणी सीमानाकामा पाँच वटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरु आठ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...
जेष्ठ ३० गते, २०८३ - १३:०५
हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...
जेष्ठ ३० गते, २०८३ - १२:५१
बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...
जेष्ठ ३० गते, २०८३ - १०:४६
काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...
जेष्ठ ३० गते, २०८३ - १०:२४
विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...
जेष्ठ ३० गते, २०८३ - ०९:५६
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...



प्रतिकृया लेख्नुहोस्: