Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

रविको निवेदन- आफ्नो रिहाइ मात्र होइन, पीडितको रकम सुनिश्चित गर्ने कानुनी बाटोको पनि खोजी

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको पदाधिकारी वा कर्मचारी नभए पनि सहकारी ऐनअनुसार चलाइएको मुद्दामा विगत चार महिनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुर्पक्ष (मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्ने प्रक्रिया)अन्तर्गत रूपन्देही जिल्ला कारागारमा छन् ।  यतिवेलासम्म उनी दोषी हुन् वा होइनन् भन्ने निक्र्योल अदालतले गरिसकेको छैन ।

लामिछानेले हालै रूपन्देही जिल्ला अदालतमा एउटा निवेदन दर्ता गराउँदै थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने अनुमति मागेका छन् । उक्त निवेदनमा उनले आफू थुनाबाहिर निस्किन मात्रै होइन, सहकारीबाट अपचलन भएको भनी बिगो दाबी गरिएको रकम पछि ठहर भएमा बचतकर्तालाई फिर्ता हुने गरी सुनिश्चित गर्ने कानुनी नयाँ मार्ग पनि सुझाएका छन् । सहकारीसम्बन्धी मुद्दाको उद्देश्य नै बचतकर्ताको रकम फिर्ता गराउने रहेको भन्दै लामिछानेले यस्ता मुद्दामा अभियोग लागेका व्यक्तिलाई थुनामै राखिरहन नपर्ने जिकिरसमेत गरेका छन् ।

निवेदनमा लामिछानेले आफूलाई दाबी गरिएको भनिएको बिगोबराबरको रकमका लागि बैंक जमानत रहने र पछि मुद्दाको किनारा लाग्दाका बखत अदालतबाट ठहर भएबमोजिम हुने उल्लेख गरेका छन् । 

अर्थात्, मुद्दाको फैसला हुँदा दाबी गरिएअनुरूपको बिगो लामिछानेले तिर्नुपर्ने ठहर भए सोही बैंक जमानतबाट प्राप्त गर्न सकिनेछ, निर्दोष साबित भए उक्त बैंक जमानत फिर्ता हुनेछ । उनले निवेदनमार्फत गरेको यो प्रस्तावलाई सहकारीका पीडित बचतकर्ताको रकम सुनिश्चितताको उच्चतम उपाय पनि भनेका छन् ।

१ भदौ ०७५ देखि लागू भएको मुलुकी फौजदारी कार्यविधि संहिताले यस विषयमा दुई महŒवपूर्ण प्रावधान राखेको छ । दफा ६८ मा गम्भीर प्रकृतिका अपराधबाहेकका अभियुक्तलाई, आरोप प्रमाणित हुने आधार भए पनि, बिगोबराबरको रकम वा जमानत राखेर बाहिर बस्न दिन सकिने प्रावधान राखिएको छ । त्यस्तै, दफा ७१ मा कुनै अभियुक्त दोषी होइन भन्ने आधार देखिएमा, मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि अदालतले थुनामुक्त गर्ने आदेश दिन सक्ने भनिएको छ ।

दफा ७१ मा प्रयोग गरिएको ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा’ भन्ने स्पष्ट वाक्यांशले प्रारम्भिक, मध्य वा अन्तिम जुनसुकै चरणमा पनि थुनामुक्त गर्न सकिने सम्भावना खोल्छ । विगतमा अदालतले पुर्पक्षको बिचमै धरौटी वा जमानतमा छोडेका उदाहरणहरू पनि छन् ।

‘थप प्रमाण नभएकाले दफा ७१ लागू हुँदैन’ भन्ने तर्कबारे लामिछाने पक्षका वकिलहरूको भनाइ छ— दफा ७१(२) ले ‘कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त भएमा’ भन्ने उल्लेख गरेको छ, र यो ‘थप प्रमाण’ मात्र नभई नयाँ परिस्थिति पनि हुन सक्छ । पहिले अदालतले तोकेको धरौटी मात्र बुझाइएको थियो, तर अहिले बिगो रकमबराबरको बैंक जमानत धरौटीस्वरूप बुझाउनु आफैँमा नयाँ परिस्थिति हो, जसले पीडितको क्षतिपूर्ति सुनिश्चित गर्छ, पुनः अपराधको सम्भावना घटाउँछ र साक्ष्यमा असर गर्ने जोखिम न्यून बनाउँछ ।

‘बिगोबराबरको बैंक जमानत धरौटीस्वरूप बुझाउनु दोष स्वीकार हो’ भन्ने आरोपलाई लामिछाने पक्षले अस्वीकार गरेको छ । उनीहरूका अनुसार बिगोबराबरको रकम बैंक जमानत धरौटीस्वरूप बुझाउनु दोष स्वीकार गर्नु होइन, यो पीडितको क्षति तत्काल पूर्तिको ग्यारेन्टी गर्न र कानुनी प्रक्रिया सहज बनाउन गरिएको कदम हो । सर्वोच्च अदालतकै केही अघिल्ला फैसलामा बिगो बुझाउनु स्वतः दोष स्वीकार होइन भनेर स्पष्ट व्याख्या भइसकेको उनीहरूको दाबी छ ।

लामिछाने पक्षले उच्च र सर्वोच्च अदालतको अघिल्लो आदेश अहिलेको नयाँ परिस्थितिमा बाधा नबन्ने तर्क गरेको छ । ‘अघिल्लो आदेश त्यतिवेलाको तथ्यमा आधारित थियो, अहिलेको नयाँ तथ्यका आधारमा जिल्ला अदालतले पुनः विचार गर्न सक्छ,’ उनीहरूको भनाइ छ ।

सहकारी ऐन, २०७४ को दफा १३१(क) मा बचत रकम वा हिनामिना भएको रकम फिर्ता गरे मिलापत्र गर्न सकिने र यस्तो मिलापत्र अदालतको फैसला कार्यान्वयनको चरणमा समेत गर्न सकिने व्यवस्था छ । यसले कैद, जरिवाना र बिगो स्वतः कट्टा हुने बाटोसमेत खुला गर्छ । कानुनविज्ञहरूको भनाइमा यसको उद्देश्य पीडितको रकम सुरक्षित गर्नु हो, प्रतिशोधस्वरूप कठोर सजाय दिनु होइन । सर्वोच्च अदालतको अघिल्ला नजिरले पनि सहकारी ठगीसम्बन्धी फौजदारी मुद्दामा मेलमिलाप सम्भव हुने देखाइसकेको छ ।

लामिछाने पक्षको दाबी छ– उनी कुनै सहकारीका सञ्चालक, सेयरधनी, बचतकर्ता वा निर्णयात्मक भूमिकामा रहेनन्, सहकारीको रकम उपभोग गरेनन् र सहकारीका पीडितहरू उनीसँग प्रत्यक्ष पीडित छैनन् । यस्तो अवस्थामा थुनामा राख्ने औचित्य देखाउन अभियोजन पक्षसँग प्रत्यक्ष प्रमाण छैन । ‘जसको केसमा न प्रत्यक्ष प्रमाण छ, न पुनः अपराधको खतरा, त्यस्तो व्यक्तिलाई लामो समय थुनामा राख्नु न्यायको सिद्धान्तसँग मेल खाँदैन,’ उनका वकिलहरूको भनाइ छ ।

संगठित अपराधको आरोपबारे उनीहरूको तर्क छ— केवल चिनेजानेका केही व्यक्ति एउटै प्रकरणमा संलग्न देखिनु मात्र संगठित अपराधको कानुनी परिभाषामा पर्न पर्याप्त आधार होइन । यस केसमा आपराधिक संरचना, साझा उद्देश्यका लागि समन्वय, हिंसा वा मुनाफा बाँडफाँटको प्रमाण छैन ।

नयाँ कानुनले ‘खुला कारागार’को समेत अवधारणा ल्याउँदै आर्थिक अपराधमा थुना होइन, क्षतिपूर्तिलाई प्रमुख मानेको वेला लामिछानेजस्ता आरोपितलाई मुद्दाको टुंगोसमेत नलागी निरन्तर कारागारमा राख्नु कानुनी मर्मविपरीत भएको तर्क कानुनी वृत्तमै उठ्न थालेको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending