Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

खबरडबली संवाददाता

उर्लाबारी। मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाघुटुमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया पत्नी दुर्बी सतारको मृत्यु भएको कानेपोखरी १ वडाध्यक्ष रत्नबहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी दुर्बीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तहरूले घर फर्काएका थिए ।

घर लिएर आउँदै गर्दा सोमबार साँझ बाटैमा दुर्वीको मृत्यु भएको हो । श्रीमान श्रीमतीको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते हुन भएको थिए। उनको टाउकोमा चोट लागेको छ ।  

छोटेलालको अवस्था सामान्य रहेको र कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । सतारका दुई छोरी र एक छोरा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

कांग्रेसको संसदीय बोर्ड बैठक बस्दै, सबै पक्षलाई मिलाएर टिकट वितरण गर्ने प्रयास

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...

सोमबार सुन–चाँदीको भाउमा उछाल, तोलामा २ लाख ८२ हजार पुग्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...

अध्यक्ष ओली आज झापा आउँदै

दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...

नेकपा (माओवादी)का शीर्ष नेताहरूले गरे चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending