Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा अदालतमा, अघिल्ला मुद्दा पनि खुले

खबरडबली संवाददाता

काठमाडौँ । चक्रे मिलनका रूपमा चिनिएका मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले साउन १३ गते मंगलबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन्।

पहिलोपटक यस्तो कसुरमा जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भए पनि चक्रे मिलनसहितका व्यक्तिहरूले पटक–पटक यस्ता अपराध दोहोर्‍याएकाले यसपटक मुद्दा अदालतमा लगिएको हो।

कस–कसविरुद्ध मुद्दा ?

गोरखाका मिलन गुरुङ (चक्रे मिलन) सँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश र राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलसहित १९ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको हो।

त्यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँकै चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र ‘सफल’ नामले चिनिने सुजल शाहीसमेत अभियुक्तमा परेका छन्।

साउन १६ गते राति चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउने क्रममा उनीहरूले सार्वजनिक स्थानमा त्रास फैलाउने, सडक अबरुद्ध गर्ने, घरेलु हतियार प्रदर्शन गर्ने र चिच्याउँदै अश्लील भाषा प्रयोग गर्नेजस्ता गतिविधि गरेको आरोप छ।

उनीहरूको उक्त गतिविधिका भिडियोहरू सामाजिक सञ्जालमा समेत फैलिएको बताइएको छ। प्रहरीले घटनास्थलबाट दुई थान खुकुरी, एक थान स्प्रे, र दुई थान फलामको रडसमेत बरामद गरेको थियो।

उक्त गतिविधिका क्रममा प्रहरी पुग्दा उनीहरूले प्रहरीलाई समेत गालीगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार प्रदर्शन गरेको अभियोगपत्रमा उल्लेख छ।

अघिल्ला मुद्दा पनि खुले

चक्रे मिलनसहित केही आरोपी यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भई पक्राउ परेका थिए।
गणेशबहादुर बोगटीलाई २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार जरिवाना तोकिएको थियो।

डिल्लीराज कँडेल र रितिक थापा पनि यसअघि अभद्र व्यवहारकै मुद्दामा जरिवाना र कैद भोगिसकेका छन्। हाल अदालतमा बकपत्र सुरु हुने तयारीमा छ। बकपत्रपछि थुनछेक आदेश हुनेछ।

यता चक्रे मिलनविरुद्ध भक्तपुरमा ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत छुट्टै मुद्दा दर्ता गर्ने तयारी समेत भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending