Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एमालेको विधान संशोधन प्रस्तावमा सुझाव- पार्टीभित्र विवाद सिर्जना गर्न खोजिँदैछ, ओलीको विकल्प छैन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गर्ने काम भइरहेको छ । 

पार्टीले सुझाव सङ्कलनका लागि यतिबेला देशभर पार्टीका विभिन्न जिल्ला प्रदेशलगायत कमिटी र गैरभूगोलका कमिटीका बैठक आयोजना गरी विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ ।

मानव अधिकार एलाइन्सले यहाँ कार्यशाला राखेर विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट गर्दै थप सुझाव राख्न आग्रह गरेका थिए। 

कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले विधानका सम्बन्धमा पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको बताए । उनले पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने तथा पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताए । 

केन्द्रीय सदस्य रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने जिकिर गर्दै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको स्पष्ट गरे  । उनले नेतृत्व निर्माणका लागि उमेरहद सर्वकालिक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठूलो प्रजातान्त्रिक पार्टीलेसमेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राखे। 

एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबीच समूहगत छलफल गरी सुझाव सङ्कलन गरिएको थियो । पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो । 

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending