Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विश्व प्लास्टिक प्रदूषण सन्धि वार्ता सम्झौताबिना समाप्त

खबरडबली संवाददाता

जेनेभा । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि ऐतिहासिक विश्वव्यापी सन्धि गर्ने उद्देश्यले भएको वार्ता शुक्रबार असफल भएको छ । एक सय ८५ देशका प्रतिनिधिहरूले लामो छलफल गरे पनि प्लास्टिक सङ्कटलाई कसरी समाधान गर्ने भन्नेमा सहमति हुन सकेन ।

प्लास्टिक उत्पादन घटाउन चाहने मुलुकहरू र केवल फोहोर व्यवस्थापनमा ध्यान केन्द्रित गर्न चाहने तेल उत्पादक राष्ट्रहरूबीच सहमति खोज्ने प्रयास विफल भएको छ । तीन वर्षमा भएको छ चरणको वार्तापछि पनि सम्झौता नभएपछि धेरै देशले निराशा व्यक्त गर्दै आगामी वार्तामा पनि तयार रहने बताएका छन् ।

क्युबाले भन्यो, “हामीले ऐतिहासिक अवसर गुमायौँ, तर यस ग्रह र भावी पुस्ताको लागि तुरुन्तै कार्य गर्नुपर्छ ।” कोलम्बियाले भनेको छ, “सम्झौता नचाहेका थोरै सङ्ख्याका मुलुकहरूले वार्तालाई निरन्तर अवरुद्ध गरेका थिए ।”

प्यासिफिकका १४ साना टापु राष्ट्रहरूको तर्फबाट टुभालुले भन्यो, “हाम्रा टापुहरूका लागि विश्वव्यापी सहयोग र कदमबिनै लाखौँ टन प्लास्टिक फोहोर हाम्रो समुद्रमा पुग्नेछ, जसले हाम्रो वातावरण, खाद्य सुरक्षा, आजीविका र संस्कृतिलाई असर गर्नेछ ।”

युरोपेली सङ्घ (इयु), बेलायत, क्यानाडा र धेरै अफ्रिकी तथा ल्याटिन अमेरिकी देशहरू समावेश भएको उच्च महत्त्वाकांक्षा गठबन्धनले प्लास्टिक उत्पादन घटाउने र विषाक्त रसायन हटाउने व्यवस्था चाहन्थे । तर साउदी अरेबिया, कुवेत, रुस, इरान र मलेसियालगायत तेल उत्पादक राष्ट्रहरूको ‘लाइक–माइन्डेड ग्रुप’ समूहले सन्धिलाई धेरै सङ्कुचित बनाउन चाहन्थ्यो ।

फ्रान्सकी पारिस्थितिक मन्त्री एग्नेस पान्नियर–रुनाचरले भने, “म निराश छु र रिसाएकी छु । केही देशले छोटो अवधिका आर्थिक हितका कारण महत्त्वाकांक्षी सन्धि रोकिदिए ।”

वार्ताको भविष्य स्पष्ट छैन । केही देशले सातौँ चरणको वार्ताका लागि आह्वान गरेका छन् । इयुले पछिल्लो मस्यौदा पुनः वार्ता सुरु गर्नका लागि ‘राम्रो आधार’ भएको बताएको छ ।

विश्वमा हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लास्टिक उत्पादन हुन्छ र यसको आधा एकल प्रयोगका लागि हुन्छ । यसमध्ये केवल १५ प्रतिशत मात्रै पुनर्चक्रणका लागि सङ्कलन हुन्छ र नौ प्रतिशत मात्र वास्तवमा पुनर्चक्रण हुन्छ । बाँकी ४६ प्रतिशत ल्यान्डफिलमा, १७ प्रतिशत जलाइन्छ र २२ प्रतिशत फोहोरका रूपमा छाडिन्छ ।

प्लास्टिक प्रदूषणको असर उच्च हिमालदेखि गहिरो समुद्रसम्म र मानव शरीरसम्म फैलिएको छ । हालको प्रवृत्तिअनुसार सन् २०६० सम्म जीवाश्म इन्धनबाट बन्ने प्लास्टिक उत्पादन करिब तीन गुणा बढेर एक अर्ब २० करोड टन पुग्नेछ, र फोहोर एक अर्ब टनभन्दा बढी हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: