दमास्कस । सिरियाका राष्ट्रपति अहमद अल–साराले देश एकीकरणको प्रक्रिया युद्ध र हिंसाबाट नभई समझदारीमार्फत अघि बढ्नुपर्ने बताएका छन् । उनले कुनै पनि विभाजनलाई अस्वीकार गर्दै दक्षिणमा इजरायलको प्रत्यक्ष हस्तक्षेप भएको आरोप पनि लगाए ।
राज्य टेलिभिजनले आइतबार प्रसारित गरेको कार्यक्रममा साराले भने, “सिरियालाई एकताबद्ध गर्ने अर्को लडाइँ हाम्रो अगाडि छ, तर यो रगत र सैन्य बलले होइन, समझदारीमार्फत हुनुपर्छ । देश युद्धबाट थकित भइसकेको छ ।”
स्वेदा प्रान्तमा हालै भएको प्रदर्शन र हिंसात्मक झडपलाई उल्लेख गर्दै उनले सबै पक्षबाट उल्लङ्घन भएको स्वीकार गरे । “सुरक्षा बलका केही सदस्यले समेत गल्ती गरेका छन् । जे जसको संलग्नता भए पनि जिम्मेवारलाई जवाफदेही बनाउनै पर्छ”, उनले जोड दिए ।
उनका अनुसार, ‘केही शक्तिहरू, विशेष गरी इजरायल, दक्षिणमा हस्तक्षेप गर्दै राज्यलाई कमजोर पार्ने प्रयास गरिरहेका छन् । तर सिरियालाई विभाजन गर्ने वा तोड्ने योजना असम्भव छ ।’ स्वेदामा भएको विरोधमा केही प्रदर्शनकारीहरूले इजरायली झण्डा फहराउँदै आत्मनिर्णयको माग गरेका थिए । ड्रुज र सुन्नी बेदुइनबीचको झडप सरकारी सेनाको हस्तक्षेपपछि चर्किएको थियो । मानव अधिकार संस्थाहरूले सेनालाई ड्रुज समुदायविरुद्ध पक्षपाती भएको आरोप लगाएका छन् ।
यसैबीच, सिरियाली सरकार उत्तरी भागमा रहेका अर्ध–स्वायत्त कुर्दिश प्रशासनसँग पनि वार्तामा छ । तर विकेन्द्रीकरणबारे मतभेदका कारण मार्च १० मा भएको सम्झौताको कार्यान्वयन रोकिएको छ । “हामी अहिले सम्झौता कार्यान्वयनका संयन्त्रबारे छलफल गरिरहेका छौँ”, राष्ट्रपति साराले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: