काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार सक्रिय पहलमा जुटिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग (H.E. Mr. Isaac Herzog) र संसद अध्यक्ष एमिर ओहाना (H.E. Mr. Amir Ohana)सँग भेट गरी बिपिनको रिहाइका लागि आग्रह गरेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले बिपिन जोशीको रिहाइका सन्दर्भमा मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सईद हुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी ध्यानाकर्षण गराएका थिए।
"बिपिनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ र यसको लागि सबै सम्भावित कूटनीतिक पहलहरू भइरहेको छ," प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका विभिन्न नेपाली दूतावासमार्फत हमास र इजरायलबीच चलिरहेको तनावपूर्ण परिस्थितिमा निरन्तर संवाद गरिरहेको जानकारी दिए।
प्रधानमन्त्रीले बिपिनको सुरक्षाका लागि समर्थन जनाइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी, र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै भने, "बिपिनका परिवारको साथमा सरकार दृढतापूर्वक उभिएको छ।"
सरकारको भनाइले बिपिनको रिहाइप्रति थप आशा जगाएको छ भने अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालले आफ्नो नागरिकको सुरक्षाका लागि गरिरहेको पहलप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: