Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

खबरडबली संवाददाता

महोत्तरी । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।

राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताइन् । “त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ । विस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ”, उनले भनिन् ।

नेपाली कांगेस महासमिति सदस्यसमेत रहेकी कोइरालाले तिहारमा अचारको माग बढेसँगै पर्वलक्षित परिकार बनाउने र बेच्ने योजना बनाएको उल्लेख गरिन् । “सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनका विभिन्न परिकार बनाउन थालेँ । बजारमा माग पनि प्रशस्त हुन थाल्यो । त्यसपछि महिला दिदीबहिनीसँग सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहित आचार उद्योग सञ्चालनका लागि ‘पञ्चधुरा होममेड अचार’ उद्योग दर्ता गरेका हौँ”, उनले भनिन् ।

पूर्व–पश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा सञ्चालित ‘पञ्चधुरा होममेड अचार’ उद्योगको पृष्ठभूमिबारे जानकारी दिँदै उनले भनिन्यो, “पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौँ भन्ने सोचका साथीहरूको समूहमा सहभागी भएका छौँ ।”

आफूले थालेको उद्योगबाट उत्पादित वस्तुको माग धान्न नसकेपछि कोइरालाले छरछिमेकका दिदीबहिनी जुटाएर समूह बनाइन् । यो समूह बन्न झण्डै एक वर्ष लागेको उनको अनुभव छ ।

विसं २०८१ भदौमा समूह बनेपछि पहिलेको नाममा पछाडि ‘उद्योग’ थपिएको उनले जानकारी दिइन् । “एघार जना महिलाको समिति बन्यो । यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ छ”, उनले भनिन् ।

कोइरालाका अनुसार अहिले आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सस्र्यू, लप्सीलगायत विभिन्न किसिमका अचार उत्पदान हुँदै आएको छ । महिला उद्यमीलाई प्रोत्साहित गर्ने आर एण्ड डी संस्थाकी अगुवा सुनिता निमाफुकीले थप हौसला दिएको उनको भनाइ छ ।

“सबैतिरबाट हौसला मिल्यो, मन मिल्दा मेहनती साथी मिले, हामी अघि बढ्यौँ”, कोइरालाले भनिन्, “मेरो परिकल्पना अब उद्योग बन्यो, ‘म’ थिएँ, अब हामी भइयो, यसलाई अब हामी नमुना बनाएर देखाउँछौँ ।” समूहमा आबद्ध भएपछि महिला आत्मनिर्भर बन्दै गएको उनले बताइन् ।

गृहिणीबाट सामूहिक प्रतिबद्धतामा स्थापित उद्योगलाई अष्ट्रेलियन दातृसंस्था आइसिमोडले अचार बनाउन, मसला पिँध्न, पिठो तयार गर्न र चिस्यान राख्न फ्रिजसहित आवश्यक उपकरण (यान्त्रिक साधन) उपलब्ध गराएको छ । विसं २०८१ भदौमा समूह बने पनि घरबाट सञ्चालन हुँदै आएको उद्योग गत साउनदेखि पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको घरभाडा लिएर सञ्चालित छ । अहिले उद्योगको प्रदर्शनी तथा बिक्रीकक्ष उत्पादित अचारका बट्टाले सजिएका देखिन्छन् ।

उद्योगमा सेल र बदाम (चना) को घुगनी (तरकारी) खान टाढाटाढाबाट ग्राहक आउने गरेका समूहकी सदस्य शारदा कोइरालाले जानकारी दिइन्। बिहान बेलुका अचार बनाउने र दिउँसो सेल र चनाको घुगनी बनाएर बेच्न गरेको उनले बताइन् । बर्दिबासस्थित मालपोत, यातायात, आन्तरिक राजस्व तथा नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आउने सेवाग्राही र कर्मचारी नियमित ग्राहक बनेका उनको भनाइ छ ।

“यहाँको सेल र चनाको तरकारीको स्वाद जिब्रोमै भुण्डिएको छ”, मालपोत कार्यालय परिसरमा लेखापढी काम गर्ने रामबाबु न्यौपानेले भने, “दिदीबहिनीले उदाहरणीय कामसँगै आयआर्जन पनि गर्दै जानुभएको छ ।”

पञ्चधुरा ‘होममेड’ अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक वर्षअघि प्रतिव्यक्ति रु १० हजारका दरले लगानी गरी कारोबार सुरु गरिएको समूहकी सचिव उषा ढकालले बताइन् । उनका अनुसार यो समूह अहिले महिलाका लागि सिक्ने र सिकेको सीप काममा लगाउने केन्द्र बनेको छ ।

“समूहमा भएपछि एकअर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ”, समूहमा आबद्ध लक्ष्मी कोइरालाले भनिन्, “आगामी दिनमा थप परिकार विस्तार गरी महिलाको सङ्ख्य पनि थप्दै जाने योजना छ ।” उद्योगमा महिलाको सामूहिक आबद्धताले आफ्नो आवश्यकता पूरा गर्न सहज हुनुका साथै आत्मनिर्भर बन्दै गइएको समूहका महिला बताउँछन् । प्रतिमाका अनुसार समूहमा आबद्ध महिलाको केही गर्ने अठोट र त्यसअनुसारको जाँगर देखेपछि आइसीमोडले सहयोग गरेको हो ।

“यहाँका महिलामा केही गरौँ भन्ने सङ्कल्प छ, हामी उहाँहरूको यो प्रयत्नमा सहयोगी बन्न पाउँदा खुसी छौँ”, आइसीमोड मधेस कार्यालयका कृषि उपनिर्देशक इजाबेला कोजेलले भने, “यो उद्योगले राम्रो सफलता पाउने हाम्रो विश्वास छ ।”

समूहका महिलाको सङ्कल्प र लगन उदाहरणीय रहेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताइन् । “दिदीबहिनीले उदाहरणीय काम गरी हौसला देखाउनुभएको छ, उद्योगलाई अझ सुदृढ बनाउन र अन्य महिलालाई पनि विभिन्न आर्जनमूलक सीप सिकाएर काममा जोड्नका लागि म समन्वय गर्नेछु”, उनले भनिन् ।

“यो काममार्फत राजनीति पेसा नभएर सेवाको क्षेत्र हो भन्ने सन्देश दिदैँछौँ”, बर्दिबास नगरपालिकाको नगर कार्यसमिति सदस्य लक्ष्मी कोइरालाले भनिन्, “आयआर्जनमूलक काम व्यावसायिक रूपमा गर्दा आर्थिकस्तर सुधार हुनुका साथै आत्मनिर्भर बन्न सकिन्छ ।”

आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ । उद्योगको सफल सञ्चालन गरेर महिला यतिसम्म गर्न सक्छन् भन्ने देखाउन पनि आफ्नो सामथ्र्य समूहमा लगानी गर्ने महिलाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending