Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

घुम्ती गोठका पौरखी मनप्रसाद

तस्बिर : साधन घर्ती
खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा जन्मिएका मनप्रसाद पुनमगर उमेरले सात दशक पार गरिसक्नुभयो। तर उहाँको अनुहारमा देखिने मुस्कान, बोलाइमा झल्किने आत्मविश्वास र दिनहुँको श्रममा प्रकट हुने जोश–जाँगर कुनै युवाभन्दा कम छैन। उहाँलाई चिन्नेहरूले अक्सर भन्छन्—“मनप्रसाद त उमेरले बूढा भए तर मनले अझै गोठमै जवान छन्।”

बाल्यकालदेखि गोठमै रमाएको जीवन

सानै उमेरदेखि बुवासँगै गोठ उकाली–ओराली गर्दा उहाँले जीवनका धेरै पाठ सिक्नुभयो। बुवाले गोठको बाटो देखाइदिए, उनले त्यसलाई जीवनको बाटो बनाए । बाल्यकालको रमाइलो, युवावस्थाको उर्जाशीलता र बुढेसकालको शान्तता—सबै गोठकै छायामा बितेका छन्। केही दिनअघि भेट्दा भर्खरै दुध दुहेका हात अझै चिल्लो थिए। उनले हाँस्दै भने–“यहाँ आउन सक्नेहरू आउँछन्, तर बस्न सक्ने साहस चाहिन्छ। मैले जीवनभर यस्तै गोठमै रमाएर बिताएँ।”

पशुपालनबाट टेको पाएको परिवार

हाल उनीसँग नौ वटा भैँसी छन्, जसमा तीनवटा दुहुनो। यिनै भैँसीको घिउ र छुर्पी बेचेर उनले महिनामा करिब ३० हजार रुपैयाँभन्दा बढी कमाइ गर्छन् । घिउ प्रतिमाना १,२०० मा बिक्री हुने उनले बताए । यसै आम्दानीले उनले श्रीमती, दुई छोरी र एक छोराको पालनपोषण गरीरहेका छन् । पढाइ–लेखाइदेखि घरखर्च सबै यही गोठकै श्रमले धानेको छ। उनी गर्वका साथ भन्छन्– “सहर गएर अरूको भर पर्नु परेन, आफ्नै पसिनाको आम्दानीले छोराछोरी पढे।”

घुम्ती गोठ : जीवनशैली र चुनौती

मनप्रसाद र उनका छिमेकीहरूसँग जेठ महिना लागेपछि गोठ उक्लने परम्परा छ। जलजला, बुकीपाटन वा रुघाचौर पुगेर त्रिपाल र भकारीको अस्थायी टहरा हालिन्छ। आकाश छानो, जमिन ओछ्यान।
कहिलेकाहीँ मुसलधारे वर्षा, कडा हुरीबतास र हिमपात झेल्नुपर्छ। गोठ वरिपरि कराएको बाघ वा भालुको आवाज कहिलेकाहीँ रातभर निदाउन दिँदैन। तर उनीहरूको सुरक्षा कुकुर र साहसले गर्छ। आवश्यक खाद्यान्न र नुन–तेल जस्ता सामग्री घोडा–खच्चडमार्फत लेकसम्म ल्याइन्छ। भैँसीको दुध दुहेर घिउ, छुर्पी बनाउने र बेच्ने दैनिक जीवनशैली बनेको छ।

हराउँदै गएको परम्परा

करिब एक दशकअघि मात्र जलजला, बुकीपाटन वा धनजमानेजस्ता फाँटहरू घुम्ती गोठले भरिएका हुन्थे। गाउँ–गाउँबाट गाईभैँसी पालकहरू लेकमा चहलपहल गर्थे। साँझमा ढ्याङ्ग्रो बजाएर गोठालाहरूले गीति संवाद गर्थे। तर अहिले तस्वीर बदलिएको छ। धेरै गाउँले वैदेशिक रोजगारीमा गए, बाँकीले सहर पस्न थाले। गाईभैँसी पाल्ने परम्परा खस्कँदै गयो।

मनप्रसाद भन्छन्– “साथीहरू सबै लाहुर गए, कसैले काठमाडौं त कसैले खाडी देश रोजे। मलाई भने गोठ नै संसार लाग्छ। यहीँ रमाएँ, यहीँ बुढ्यौली आएको छ।”

आज जलजला फाँटमा तल्लो क्षेत्रमा आठ र माथिल्लो क्षेत्रमा छवटा मात्र गोठ बचेका छन्। बाँकी ठाँउ खाली–खाली देखिन्छ।

गोठ, गाउँ र संस्कृति

जलजला, गुर्जाघाट, बुकीपाटन क्षेत्र केवल चौर मात्र होइनन्—यी गाउँ–समुदायको साझा सम्पत्ति हुन्। यहाँको वन, घाँस र चौरले गाईभैँसी मात्र होइन, पुस्तौंपुस्ता मानिसहरूको जीवन धानेको छ।
गोठ बस्ने परम्परा हराउँदै जाँदा गाउँको सांस्कृतिक परिचय पनि मेटिँदै गएको छ।

पौरखीको जीवन–सन्देश

मनप्रसाद पुनमगरको जीवन सरल छ—तर गहिरो सन्देश बोकेको। प्रकृतिसँगको सहअस्तित्व, श्रमको कदर र आफ्नो जमिनप्रति माया।

उनी भन्छन्– “गोठमा दुःख त छ तर यही दुःखमा आनन्द छ। प्रकृतिसँग नजिक हुन पाइन्छ। शहरको धुवाँ–धुलोभन्दा यो हरियो वन, पाखा र लेक नै मेरो घर हो।”

मनप्रसादजस्ता पौरखीहरूले जोगाइरहेको घुम्ती गोठको परम्परा केवल व्यक्तिगत रोजाइ मात्र होइन—यो हाम्रो संस्कृतिको जीवित दस्तावेज हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

जनकपुरमा बालेनको ‘शक्ति प्रदर्शन’, समर्थकको भीडले विमानस्थलको सिसा ढोका फुट्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ।     जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...

बालेनले दिए पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् ।  मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...

प्रधानमन्त्रीले मन्त्रीहरूसहित बैठक बोलाइन्, निर्वाचन तयारी र आचारसंहिताबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...

दलहरूको दबाब र सर्वोच्चको मुद्दाकाे असरले उम्मेदवारी दर्ता केही दिन सर्नसक्ने संकेत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending