Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

घुम्ती गोठका पौरखी मनप्रसाद

तस्बिर : साधन घर्ती
खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनामा जन्मिएका मनप्रसाद पुनमगर उमेरले सात दशक पार गरिसक्नुभयो। तर उहाँको अनुहारमा देखिने मुस्कान, बोलाइमा झल्किने आत्मविश्वास र दिनहुँको श्रममा प्रकट हुने जोश–जाँगर कुनै युवाभन्दा कम छैन। उहाँलाई चिन्नेहरूले अक्सर भन्छन्—“मनप्रसाद त उमेरले बूढा भए तर मनले अझै गोठमै जवान छन्।”

बाल्यकालदेखि गोठमै रमाएको जीवन

सानै उमेरदेखि बुवासँगै गोठ उकाली–ओराली गर्दा उहाँले जीवनका धेरै पाठ सिक्नुभयो। बुवाले गोठको बाटो देखाइदिए, उनले त्यसलाई जीवनको बाटो बनाए । बाल्यकालको रमाइलो, युवावस्थाको उर्जाशीलता र बुढेसकालको शान्तता—सबै गोठकै छायामा बितेका छन्। केही दिनअघि भेट्दा भर्खरै दुध दुहेका हात अझै चिल्लो थिए। उनले हाँस्दै भने–“यहाँ आउन सक्नेहरू आउँछन्, तर बस्न सक्ने साहस चाहिन्छ। मैले जीवनभर यस्तै गोठमै रमाएर बिताएँ।”

पशुपालनबाट टेको पाएको परिवार

हाल उनीसँग नौ वटा भैँसी छन्, जसमा तीनवटा दुहुनो। यिनै भैँसीको घिउ र छुर्पी बेचेर उनले महिनामा करिब ३० हजार रुपैयाँभन्दा बढी कमाइ गर्छन् । घिउ प्रतिमाना १,२०० मा बिक्री हुने उनले बताए । यसै आम्दानीले उनले श्रीमती, दुई छोरी र एक छोराको पालनपोषण गरीरहेका छन् । पढाइ–लेखाइदेखि घरखर्च सबै यही गोठकै श्रमले धानेको छ। उनी गर्वका साथ भन्छन्– “सहर गएर अरूको भर पर्नु परेन, आफ्नै पसिनाको आम्दानीले छोराछोरी पढे।”

घुम्ती गोठ : जीवनशैली र चुनौती

मनप्रसाद र उनका छिमेकीहरूसँग जेठ महिना लागेपछि गोठ उक्लने परम्परा छ। जलजला, बुकीपाटन वा रुघाचौर पुगेर त्रिपाल र भकारीको अस्थायी टहरा हालिन्छ। आकाश छानो, जमिन ओछ्यान।
कहिलेकाहीँ मुसलधारे वर्षा, कडा हुरीबतास र हिमपात झेल्नुपर्छ। गोठ वरिपरि कराएको बाघ वा भालुको आवाज कहिलेकाहीँ रातभर निदाउन दिँदैन। तर उनीहरूको सुरक्षा कुकुर र साहसले गर्छ। आवश्यक खाद्यान्न र नुन–तेल जस्ता सामग्री घोडा–खच्चडमार्फत लेकसम्म ल्याइन्छ। भैँसीको दुध दुहेर घिउ, छुर्पी बनाउने र बेच्ने दैनिक जीवनशैली बनेको छ।

हराउँदै गएको परम्परा

करिब एक दशकअघि मात्र जलजला, बुकीपाटन वा धनजमानेजस्ता फाँटहरू घुम्ती गोठले भरिएका हुन्थे। गाउँ–गाउँबाट गाईभैँसी पालकहरू लेकमा चहलपहल गर्थे। साँझमा ढ्याङ्ग्रो बजाएर गोठालाहरूले गीति संवाद गर्थे। तर अहिले तस्वीर बदलिएको छ। धेरै गाउँले वैदेशिक रोजगारीमा गए, बाँकीले सहर पस्न थाले। गाईभैँसी पाल्ने परम्परा खस्कँदै गयो।

मनप्रसाद भन्छन्– “साथीहरू सबै लाहुर गए, कसैले काठमाडौं त कसैले खाडी देश रोजे। मलाई भने गोठ नै संसार लाग्छ। यहीँ रमाएँ, यहीँ बुढ्यौली आएको छ।”

आज जलजला फाँटमा तल्लो क्षेत्रमा आठ र माथिल्लो क्षेत्रमा छवटा मात्र गोठ बचेका छन्। बाँकी ठाँउ खाली–खाली देखिन्छ।

गोठ, गाउँ र संस्कृति

जलजला, गुर्जाघाट, बुकीपाटन क्षेत्र केवल चौर मात्र होइनन्—यी गाउँ–समुदायको साझा सम्पत्ति हुन्। यहाँको वन, घाँस र चौरले गाईभैँसी मात्र होइन, पुस्तौंपुस्ता मानिसहरूको जीवन धानेको छ।
गोठ बस्ने परम्परा हराउँदै जाँदा गाउँको सांस्कृतिक परिचय पनि मेटिँदै गएको छ।

पौरखीको जीवन–सन्देश

मनप्रसाद पुनमगरको जीवन सरल छ—तर गहिरो सन्देश बोकेको। प्रकृतिसँगको सहअस्तित्व, श्रमको कदर र आफ्नो जमिनप्रति माया।

उनी भन्छन्– “गोठमा दुःख त छ तर यही दुःखमा आनन्द छ। प्रकृतिसँग नजिक हुन पाइन्छ। शहरको धुवाँ–धुलोभन्दा यो हरियो वन, पाखा र लेक नै मेरो घर हो।”

मनप्रसादजस्ता पौरखीहरूले जोगाइरहेको घुम्ती गोठको परम्परा केवल व्यक्तिगत रोजाइ मात्र होइन—यो हाम्रो संस्कृतिको जीवित दस्तावेज हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending