Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

खबरडबली संवाददाता

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आलोचना सुरु भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाइएकी बोहराको टिकट आकस्मिक रूपमा खोसिनुलाई महिला नेतृत्वमाथिको अपमान र समावेशी प्रतिनिधित्वविरुद्धको कदमका रूपमा हेरिएको छ ।

सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेबाट उम्मेदवार बन्ने एक्ली महिला नेतृ बोहरालाई उम्मेदवार बनाएर फेरि हटाइनुले पार्टीको महिला सहभागितासम्बन्धी दाबीमाथि गम्भीर प्रश्न उठाएको छ ।

एमाले प्रदेश कमिटीकी एक महिला सदस्यले बोहराको टिकट खोसिनु महिला अधिकार र लैङ्गिक समानताको भावनाविरुद्ध भएको बताइन् । ‘महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले अघि सारेको एउटी महिला उम्मेदवारको समेत टिकट खोसिनु अत्यन्तै दुर्भाग्यपूर्ण हो,’ उनले भनिन्, ‘महिलालाई अवसर नदिने मात्रै होइन, दिएको अवसर पनि खोस्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।’

उनले पार्टी नेतृत्वलाई निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गर्दै बोहराको स्थानमा अर्को उम्मेदवार ल्याउने तयारी उचित नहुने स्पष्ट पारिन् । ‘पार्टीले कागजमा महिला सहभागिता र नेतृत्व विकासको कुरा गर्छ, तर व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ,’ उनको भनाइ छ ।

एमालेले शनिबार मात्रै कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर त्यसको भोलिपल्टै उनको स्थानमा तारालामा तामाङलाई टिकट दिने तयारी भएको स्रोतले जनाएको छ । अचानक गरिएको यो निर्णयले पार्टीभित्र असन्तुष्टि झन् चुलिएको छ ।

कमला बोहरा एमालेको ११औँ महाधिवेशनबाट ४० वर्षमुनिको युवाकोटाबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित नेतृ हुन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेकी उनले संगठन विस्तार र आन्दोलनमा उल्लेखनीय भूमिका खेलेको पार्टी नेताहरू बताउँछन् ।

समावेशीता, लैङ्गिक समानता र महिला नेतृत्वप्रति प्रतिबद्ध रहेको दाबी गर्दै आएको एमालेको व्यवहारमा देखिएको यो घटनाले ती प्रतिबद्धताहरू खोक्रा मात्र हुन् कि भन्ने प्रश्न उठाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending