Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

डुबेर हुने मृत्यु कसरी न्यूनीकरण गर्ने?

नेपालमा वर्षेनी पानीमा डुबेर झण्डै एक हजारको मृत्यु हुने गरेको तथ्यांक

खबरडबली संवाददाता

काठमाडौँ । पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा. भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताएकी छन्। उनले डुबेर मर्ने समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको उनको भनाई छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले यस्तो बताएकी हुन्।

‘डुबेर हुने मृत्यु एक अकालको मृत्यु हो। यसको रोकथामका लागि नीति  निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन,’ उनले भनिन्। सेढाइँले नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आइरहेकी छन्। 

कार्यक्रममा अनुसन्धानकर्ता डा.पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। 

कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थिति थियो। 

त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु नेपालमा विकराल समस्या भइसकेको भन्दै चिन्ता व्यक्त गरे। 

कार्यशालाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। ‘डुबेर हुने मृत्य घटाउनका लागि मन्त्रालय र सरोकारवाला निकायबीच  समन्वयात्मक सहकार्य जरूरी छ,’ उनले भने

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो। प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यसप्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending