काठमाडौँ । पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा. भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताएकी छन्। उनले डुबेर मर्ने समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको उनको भनाई छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले यस्तो बताएकी हुन्।
‘डुबेर हुने मृत्यु एक अकालको मृत्यु हो। यसको रोकथामका लागि नीति निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन,’ उनले भनिन्। सेढाइँले नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आइरहेकी छन्।
कार्यक्रममा अनुसन्धानकर्ता डा.पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।
कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थिति थियो।
त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु नेपालमा विकराल समस्या भइसकेको भन्दै चिन्ता व्यक्त गरे।
कार्यशालाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। ‘डुबेर हुने मृत्य घटाउनका लागि मन्त्रालय र सरोकारवाला निकायबीच समन्वयात्मक सहकार्य जरूरी छ,’ उनले भने
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो। प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यसप्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: