काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातान्त्रिक प्रणालीमा बहुमतका आधारमा निर्णय लिँदा वैधानिकता मात्र नभई जनताको स्वीकार्यता र वैधताको पनि ख्याल गर्नुपर्ने बताएका छन्।
प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन समारोहमा बुधबार बोल्दै उनले भने, "प्रजातन्त्रमा बहुमतका आधारमा निर्णय लिन पाइन्छ, तर संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने हुँदैन। निर्णय वैधानिक भएर मात्र पुग्दैन, त्यसलाई आमनागरिकले स्वीकार गर्नुपर्छ। वैधानिक निर्णयले सरकार बनाउन र नीति पारित गर्न सकिन्छ, तर जनताले स्वीकार गरेर वैधता प्रदान गरेमा मात्र त्यो दीर्घकालीन हुन्छ।"
थापाले प्रजातन्त्रको सफलताका लागि वैधानिक र वैध दुवै खालका निर्णय आवश्यक रहेको बताए। "हामीले गरेका निर्णयलाई जनताले स्वीकार गर्छन् कि गर्दैनन्, त्यो बुझ्न जरुरी छ," उनले थपे। उनले नेपाली कांग्रेसले विगतमा गरेका निर्णयहरू वैधानिक र वैध दुवै रहेको दाबी गरे।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा राना मगरको आचरणमाथि प्रश्न उठाउँदै दुई तिहाइ बहुमतका आधारमा उनलाई पदमुक्त गर्ने तयारी गरिरहेका छन्। यस विषयमा मंगलबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल भएको थियो।
उक्त बैठकमा पनि महामन्त्री थापाले वैधानिकतासँगै वैधतामा जोड दिए। उनले भने, "हामीसँग दुई तिहाइ बहुमत छ भन्दैमा निर्णय लिँदा त्यसको जनस्वीकार्यता र वैधता पनि विचार गर्नुपर्छ। बहुमतले वैधानिकता त दिन्छ, तर आमनागरिकले त्यसलाई स्वीकार गर्छन् कि गर्दैनन्, त्यसले वैधता निर्धारण गर्छ।"
थापाको यो भनाइले कांग्रेस र एमालेको संयुक्त कदममाथि कार्यकर्ता र जनताको समर्थन जुटाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: