काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताएका छन् ।
सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्तीका अवसरमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले शिक्षकले विद्यालयभित्र राजनीतिक आस्था राख्न नहुने बताए ।
‘शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर राख्नुपर्छ’, महामन्त्री थापाले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि सबैले उत्तिकै ध्यान दिनुपर्छ ।’
महामन्त्री थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको योगदानको स्मरण गर्दै अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिका प्रकाशन गरी सार्वजनिक गरेकामा प्रशंसा गरे ।
उनले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएकाले समयक्रमअनुसार कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो औँल्याए । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको लोकतन्त्र प्रजातान्त्रिक सेनानीको जगबाट मात्र प्राप्त भएको स्मरण गर्दै कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुने बताए ।
‘लोकतन्त्रका लागि लडेका व्यक्तित्वप्रति नमन गर्दछु, कांग्रेस एउटै मूल मन्त्रले अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले टुक्र्याउन सक्दैन’, उनले भने, ‘कांग्रेसभित्र एकता भए पुग्छ, कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विचार र मत फरक हुनसक्ला तर पार्टी सञ्चालनका कार्यविधि र गतिविधिमा कुने मतान्तर छैनन् ।’
कार्यक्रममा पूर्वराजदूत तथा शिक्षाविद् मिलन तुलाधरलाई सम्मान गरिएको थियो । महामन्त्री थापा र नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा शिक्षाविद् तुलाधरलाई सम्मानपत्र र नगद रु २५ हजारबाट सम्मान गरे ।
फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद नै आफ्नो राजनीतिक र सामाजिक सेवाको प्रेरक व्यक्तित्व भएको बताउँदै भोलिका दिनमा तमाम सामाजिक व्यक्तिहरुरूको इतिहास उत्खनन् गर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: