काठमाडौं । झण्डै दुई करोड रुपैयाँ ठगीको अभियोग लागेका टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले अधिकारीलाई नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभमार्फत १ करोड ८३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सफाइ दिएको हो।
प्रकाश अधिकारी उक्त सहकारीका उपाध्यक्ष तथा सञ्चालक रहेका बेला २०२ जना निक्षेपकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप लागेको थियो।
पीडितले पटक–पटक रकम माग्दा पनि नपाएपछि अधिकारीसहितका जिम्मेवार व्यक्तिहरूविरुद्ध २०७१ सालमा प्रहरीमा उजुरी दर्ता भएको थियो। त्यसपछि प्रहरी अनुसन्धानपश्चात जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
२०७३ चैतमा जिल्ला अदालतले अधिकारीसहितलाई सफाइ दिए पनि उच्च अदालत पाटनले त्यस निर्णय उल्ट्याउँदै २०७५ फागुन १९ गते अधिकारीलाई १८ लाख ३१ हजार रुपैयाँ जरिवाना र एक महिनाको कैद सजाय सुनाएको थियो।
अन्य सात प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बूलाई पनि समान सजाय सुनाइएको थियो।
उच्च अदालतको फैसला विरुद्ध अधिकारीसहित सातजना प्रतिवादीले २०७६ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। साथै, अप्सरा पौडेलको जाहेरीका आधारमा नेपाल सरकारले पनि सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो।
सर्वोच्चले फैसला सुनाउँदै अधिकारी र यनुका बुढाथोकीको हकमा उच्च अदालतको फैसला उल्टाएको हो। बाँकी पाँच प्रतिवादीको हकमा भने उच्च अदालतको सजाय सदर भएको छ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, “दुईजना प्रतिवादीले मात्र सफाइ पाएका छन्। बाँकीमा तल्लो अदालतको फैसला सदर भएको छ। मृतक प्रतिवादी सुवासचन्द्र बिसीको हकमा कैद मिनाहा भए पनि बिगो तिर्नुपर्ने निर्णय भएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: