Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

ठेकेदारको लापरबाहीका कारण वर्षौंदेखि खानेपानी आयोजना अलपत्र

खबरडबली संवाददाता

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–१३ का बासिन्दा वर्षौंदेखि खानेपानी अभाव झेलिरहेका छन् । करिब ४ हजार ५ सय घरधुरीलाई लक्षित गरी पाँच वर्षअघि सुरु गरिएको बौनाहा खानेपानी आयोजना ठेकेदारको लापरबाहीका कारण अधुरै छाडिएको छ ।

ओभरहेड ट्याङ्की, पाइपलाइन र अन्य संरचना निर्माण बीचैमा रोकिएपछि स्थानीय उपभोक्ताले अझैसम्म खानेपानी पाउन सकेका छैनन् । “धारामा पानी आउँदैन, बोरिङको पानी पिउन बाध्य भएका छौं । हिउँदमा त त्यो पनि अभाव हुन्छ,” स्थानीय धनप्रसाद थनेतले गुनासो गर्दै भने, “आयोजना सुरु भएको वर्षौं भइसके पनि किन पूरा भएन, हामीलाई केही थाहा छैन ।”

२०७७ असार २१ मा सम्झौता भएको आयोजनालाई २०७९ असारसम्म सक्ने भनिएको थियो । तर, काम अघि नबढ्दा पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम लामिछानेका अनुसार, प्राकृतिक–काश्यप–समिर जेभी कम्पनीले जिम्मा लिएको आयोजना पटक–पटक म्याद थपिँदा पनि काम पूरा भएको छैन ।

“जनप्रतिनिधिसहित टोली बनाएर पटक–पटक दबाब दिइयो, तर ठेकेदार टसको मस छैन,” अध्यक्ष लामिछानेले भने, “ओभरहेड ट्याङ्की अधुरै छ, उपभोक्ता पानीको अभावमा छटपटाइरहेका छन् ।”

कोरोना महामारीलाई कारण देखाउँदै २०७९ असार २१ मा सकिनुपर्ने आयोजना २०८० असार २१ सम्म लम्ब्याइएको थियो । पछि पुनः २०८१ जेठ १ सम्म म्याद थपिए पनि अझै काम सम्पन्न हुन सकेको छैन । ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट ठेकेदार कम्पनीले हालसम्म करिब १ करोड ९ लाख रुपैयाँ भुक्तानी लिइसकेको समितिले जनाएको छ । 

अध्यक्ष लामिछानेका अनुसार, पटक–पटक म्याद थप्दा पनि जिम्मेवार बनाउन नसक्नु सम्बन्धित निकायको कमजोरी हो र अब ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ । कावासोती–१३ का वडाध्यक्ष लालबहादुर गुरुङले ठेकेदारको ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आयोजनालाई अलपत्र पारिएको भन्दै कडा आपत्ति जनाए । 

समितिले ठेकेदार सम्पर्कमा नआएपछि राजनीतिक दलका प्रतिनिधि र स्थानीय उपभोक्तासहित निर्माण स्थलमै फोटोसहित सूचना टाँसेर खोजिदिन आग्रह समेत गरेको थियो ।

नवलपुरका आयोजनालाई हेर्ने तनहुँ खानेपानी डिभिजन कार्यालयका इन्जिनियर महेन्द्र आचार्यले ठेकेदारकै लापरबाहीले आयोजना अधुरो रहेको बताए । “काम सम्पन्न नभएकाले थप भुक्तानी र नवीकरण रोकेका छौं,” उनले भने, “अब पुनः टेन्डर गर्ने कि पुरानै कम्पनीलाई कारबाही गरेर अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: