Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

फेरि कैलाली कारागारका एक थुनुवाको मृत्यु

खबरडबली संवाददाता

कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी सोमबार निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार, स्वास्थ्य समस्या देखिएपछि चौधरीलाई दिउँसो २ बजे सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

चौधरीलाई साउन २९ गते जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार पठाइएको थियो । पछिल्लो दुई महिनामा कैलाली कारागारमा चौधरीसहित तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ । 

यसअघि बैंकिङ कसुरमा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको असार २ गते शंकास्पद मृत्यु भएको थियो । यस्तै, साउन २३ गते राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबिचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच ...

गोकर्ण विष्ट भन्छन्- महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन् ।  महाधिवेशन स्थल भृकुटीमण्डप...

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

काठमाडाैँ । गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्र...

मकवानपुरकाे बकैयामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर । यहाँको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बकैया–७ अधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको ज...

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु ...

गाउँमै सिंहदरबार आए पनि जनता असन्तुष्ट

पाल्पा । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोज...

ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति अन्त्य गर्न भीम रावलकाे एमाले प्रतिनिधिलाई सुझाव

काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्त...

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल सजाय

काठमाडाैँ । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ...

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending