Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

कुवेत पुगेको आठौँ दिनमै सुर्खेतका युवकको आत्महत्या

खबरडबली संवाददाता

कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेका हुन्।

गौतम करिब आठ दिनअघि (अगस्ट १७) मात्रै कुवेत पुगेका थिए। उनी एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए। प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान करिब ७ बजे कपडा खोलेर पुलमाथिबाट सडकमा हाम फालेका गौतमलाई त्यसबेला गुडिरहेका गाडीहरूले पनि किचेको बताइएको छ।

सहकर्मीहरूले उनलाई लामो समयदेखि मानसिक समस्याबाट पीडित रहेको बताएका छन्। कुवेत पुगेको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाउँदै आएका उनले एकपटक २–३ दिनसम्म मजदुर शिविरबाट हराएको र पछि फर्किएको जानकारी पनि सहकर्मीहरूले दिएका छन्।

घटनाको दिन सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए। तर, अचानक भागेर पुलमा पुगेका उनले पर्स र कपडा छेउमै राखेर हाम फालेका थिए। सडकमा रहेका मानिसहरूले घटनाको भिडियो समेत खिचेका छन्।

कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ। दूतावासका अनुसार हाल कुवेतमा नेपालीहरूको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन र लागूपदार्थ दुरुपयोगका घटनाहरू बढिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending