Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

कुवेत पुगेको आठौँ दिनमै सुर्खेतका युवकको आत्महत्या

खबरडबली संवाददाता

कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेका हुन्।

गौतम करिब आठ दिनअघि (अगस्ट १७) मात्रै कुवेत पुगेका थिए। उनी एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए। प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान करिब ७ बजे कपडा खोलेर पुलमाथिबाट सडकमा हाम फालेका गौतमलाई त्यसबेला गुडिरहेका गाडीहरूले पनि किचेको बताइएको छ।

सहकर्मीहरूले उनलाई लामो समयदेखि मानसिक समस्याबाट पीडित रहेको बताएका छन्। कुवेत पुगेको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाउँदै आएका उनले एकपटक २–३ दिनसम्म मजदुर शिविरबाट हराएको र पछि फर्किएको जानकारी पनि सहकर्मीहरूले दिएका छन्।

घटनाको दिन सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए। तर, अचानक भागेर पुलमा पुगेका उनले पर्स र कपडा छेउमै राखेर हाम फालेका थिए। सडकमा रहेका मानिसहरूले घटनाको भिडियो समेत खिचेका छन्।

कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ। दूतावासका अनुसार हाल कुवेतमा नेपालीहरूको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन र लागूपदार्थ दुरुपयोगका घटनाहरू बढिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending