काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो चौथो पुनर्गठन दिवस सोमबार मनाएको छ। तर, चार वर्षको छोटो अवधिमा नै पार्टी आन्तरिक विवाद, गुटबन्दी र नेतृत्वको आलोच्य शैलीका कारण गम्भीर संकटमा परेको देखिएको छ।
२०७८ सालको भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्दै औपचारिक रुपमा स्थापना भएको पार्टी एमाले विभाजनपछि बनेको थियो। एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णयशक्ति, मनोमानी र असहिष्णुता बिरुद्ध आवाज उठाउँदै माधवकुमार नेपालको नेतृत्वमा यो पार्टी गठन गरिएको थियो।
तर, समय बित्दै जाँदा एकीकृत समाजवादी नेतृत्वले पनि एमालेकै कार्यशैली दोहोर्याएको कार्यकर्ताहरूको आरोप छ। यही कारणले गर्दा हालसम्म पार्टीका ५० भन्दा बढी केन्द्रीय तहका नेताहरूले पार्टी छाडेका छन्। पार्टीमा प्रवेश गर्नेको संख्याभन्दा बहिर्गमन हुनेहरूको संख्या ठूूलो रहेको तथ्यले यसलाई पुष्टि गर्छ।
हालै मात्र पूर्व उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी छोडेका छन्। उनी कोअर्डिनेसन केन्द्र (कोके) गठनमा महत्वपूर्ण भूमिका खेलेका पाँच नेतामध्ये एक थिए। यसअघि उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, स्थायी समिति सदस्य चूडामणि जंगली लगायत नेताहरूले समेत पार्टी परित्याग गरिसकेका छन्।
केन्द्रीय सदस्यहरू हिरा चन्द्र केसी, शारदा स्वर्णकार, प्रेम महर्जन, शान्ता पाख्रिन, गोविन्दराम चेपाङ, डिल्लीप्रसाद उप्रेती, पार्वती विशुंखे, तर्कबहादुर शाहीलगायत ४० भन्दा बढी नेताले पार्टीबाट टाढा भइसकेका छन्।
पूर्व केन्द्रीय सदस्य पार्वती विशुंखे भन्छिन्, “विधान, नीति, पद्धतिको कुरा गरेर पनि त्यसलाई आत्मसात नगरेपछि पार्टी परित्याग गर्नुको विकल्प रहेन।”
नेताहरूको आरोप छ कि गम्भीर आन्तरिक समस्याका बाबजुद पार्टी नेतृत्व गम्भीर देखिएको छैन। संगठन निर्माणमा ठोस योजना नहुँदा कार्यकर्ताहरू निराश भएका छन्।
तर, पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले भने संगठन निर्माण र पार्टी विस्तारमा उत्साहजनक प्रगति भएको दाबी गरेका छन्। उनका अनुसार, महाधिवेशन र अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन् र विभिन्न जिल्लादेखि केन्द्रसम्म नेताहरू पार्टी प्रवेश गरिरहेका छन्।
तर, अध्यक्ष माधवकुमार नेपाल स्वयं विभिन्न विवादमा छन्। पतञ्जली जग्गा प्रकरणमा उनी विशेष अदालतमा मुद्दा खेपिरहेका छन् र सांसद पद निलम्बित अवस्थामा छ, तर उनी अझै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता छन्।
पार्टीका भ्रातृ संगठनहरूमा समेत विवाद चर्किएको छ। युवा संघ र विद्यार्थी संगठन अखिलमा समानान्तर कमिटी बनेका छन्। संजीप राईलाई कारबाही गरिएको घटना होस् वा अन्य गुटगत गतिविधि—यी सबैले नेतृत्वको गम्भीरताको अभाव देखाउँछन्।
चार वर्षमै अनेकन संकटको सामना गरिरहेको एकीकृत समाजवादी पार्टीले अबको दिनमा आन्तरिक एकता, स्पष्ट नेतृत्वदृष्टि र कार्यकर्ताको भरोसा पुनःस्थापना गर्नसके मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: