Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

अमेरिकी कार्यस्थलमा युवा कामदार एआई प्रतिस्थापनको जोखिममा: अध्ययन

खबरडबली संवाददाता

अमेरिका । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई(सम्बन्धित व्यवसायमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ ।

यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्याङ्क प्रयोग गरी गरेका हुन् । अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्र्याक गरेको थियो ।

अध्ययनको निष्कर्षले पहिलो पटक ठूला स्तरमा च्याटजिपिटी जस्ता उत्पादक एआई उपकरणले रोजगार बजारलाई पुन: आकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ । अध्ययनमा भनिएको छ, “जेनेरेटिभ एआईलाई व्यापकरूपमा अपनाएपछि सबैभन्दा बढी एआई(सम्बन्धित व्यवसायमा प्रारम्भिक क्यारियरका कामदारले कम्पनी स्तरका अन्य प्रभाव नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।” 

यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनको सबैभन्दा ठूलो असर युवा सफ्टवेयर विकास कर्ता र ग्राहक सेवा प्रतिनिधिले बेहोरेका छन् । २२ देखि २५ वर्ष उमेरका सफ्टवेयर विकास कर्ताको रोजगारी सन् २०२२ को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेशामा वृद्ध कामदारको रोजगारी स्थिर वा बढ्दो देखिएको छ ।

लेखकले एआई(प्रभावित रोजगारीमा युवा कामदारको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठूलो परिवर्तनको प्रारम्भिक चेतावनी सङ्केतका रूपमा व्याख्या गरेका छन् । शोध कर्ताले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् । नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामले निरन्तर वृद्धिको अनुभव गरे ।

यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलमा एआई उपकरणको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५ को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागी मध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठूला भाषा मोडेल प्रयोग गरेको बताएका छन् । यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकारअनुसार निकै फरक पर्ने देखाएको छ । 

स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकामा युवा कामदारको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिता बद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोध कर्ताको सुझाव छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE